९१ यात्रु बोकेर सिरिया गइरेहको रसियाली विमान दुर्घटनाग्रस्त

विमान उड्नुअघि विमानस्थलमा । तस्विरः फेसबुक

विमान उड्नुअघि विमानस्थलमा । तस्विरः फेसबुक

मस्को, १० पुस । चालक दलका सदस्यसहित ९१ जना यात्रु बोकेर सिरियातर्फ गईरहेको रसियाको एक विमान ‘ब्ल्याक सि’मा दुर्घटनागस्त भएको छ ।

रसियाको दक्षिण सहर सोचीमा अवस्थित विमानस्थलबाट स्थानीय समयाअनुसार ५ः४० मा उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटर ) बाट सम्पर्क बिहीन भएको थियो ।

यस विमानमा आठ जना चालक दलका सदस्यसहित ९१ जना व्यक्ति सवार रहेका थिए । सो विमान तटीय सिरियाली सहर लताकियाको बाहिरी इलाकामा रहेको रसियाली, सैन्य शिविरतर्फ गईरेहको थियो ।

रुसको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार टियु–१५४ विमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह र केही पत्रकारसमेत रहेका थिए ।

सिरियाको लताकिया सहरको बाहिरी इलाकामा रहेको रसियाली सेनाको समूहलाई नयाँ बर्षको कार्यक्रम मनाउनको लागि सांगितिक समूहसमेत साथमा लगेका जनाइएको छ ।

सो मन्त्रालयका अनुसार विमानको भग्नावशेष तटीय सहर सोचीदेखि १ं.५ किलोमिटर टाढा ब्ल्याक सिमा भेटिएको हो । ब्याल्क सिमा ५० देखि ७० मिटर गहिराइमा सो भग्नावेशेष भेटिएको बताइएको थियो ।

खोजी र उद्धार, समूहलाई आइतबार विहान सबेरै नै परिचालन गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री