साताँै राष्ट्रिय खेलकुदमा नेपाली सेना १०८ स्वर्णसहित अग्रस्थानमा

झापामा बिहीबार सम्पन्न सातौंँ राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत मेची रङ्गशालामा आयोजित बक्सिङ खेलका विजयीलाई पुरस्कार तथा पदक वितरणका अवसरमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली । तस्बिर, मोहम्मद सदरुल, भद्रपुर, रासस

झापामा बिहीबार सम्पन्न सातौंँ राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत मेची रङ्गशालामा आयोजित बक्सिङ खेलका विजयीलाई पुरस्कार तथा पदक वितरणका अवसरमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली । तस्बिर, मोहम्मद सदरुल, भद्रपुर, रासस

सुनसरी, १४ पुस । साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा रहेको छ ।

आजसम्म सम्पन्न खेलको नतिजा अनुसार सशस्त्र प्रहरी बल ४६ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरी ४० स्वर्ण पदकसहित तेस्रो स्थानमा रहेका छन् ।

नेपाली सेनाले ६० रजत र ४३ कास्यसहित कुल २११ पदक जितेका छन् । सशस्त्र प्रहरीले ४३ रजत र ५६ कास्यसहित कुल १४५ तथा प्रहरीले ३७ रजत र ३९ कास्यसहित कुल ११६ पदक जितेका छन् ।

यस्तै मध्यमाञ्चलले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यहित १३७, मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, १४ रजत र ४२ कास्यसहित ६४, पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३६ कास्यसहित ६४, आयोजक पूर्वाञ्चलले छ स्वर्ण, १६ रजत र ४७ कास्यसहित ६९ तथा सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक जितेका छन् ।

बक्सिङमा नेपाली सेनाको वर्चस्व 
राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका सबै खेल आज सम्पन्न भएको छ । बक्सिमा नेपाली सेनाको बर्चस्व रह्यो । बक्सिङमा पुरुष र महिलातर्फ गरी कुल १८ स्वर्णमध्ये ११ स्वर्ण जित्दै नेपाली सेना च्याम्पियन बनेको हो । सेनाले छ रजत र दुई कास्य पदक जितेका छन् ।

यस्तै सशस्त्र प्रहरी चार स्वर्ण, पाँच रजत र चार कास्य पदक जित्दै उपविजेता बन्यो भने मध्यामाञ्चल दुई स्वर्ण, दुई रजत र चार कास्य पदक जित्दै तेस्रो भयो ।

प्रतियोगितामा नेपाल प्रहरीले एक स्वर्ण, तीन रजत र दुई कास्य, आयोजक पूर्वाञ्चलले १० कास्य, मध्यपश्चिमाञ्चलले पाँच कास्य, सुदूरपश्चिममाञ्चलले चार कास्य तथा पश्चिममाञ्चलले तीन वटा कास्य पदकमा चित्त बुझाए ।

मेची रङ्गशालामा आज सम्पन्न महिलातर्फको ६४ किलो तौलमा नेपाली सेनाका पुनम रावलले स्वर्ण पदक जित्नुभयो । सशस्त्र प्रहरीका विनिता थापामगरले रजत पदकमा चित्त बुझाउनुपरयो । यस्तै ६९ किलोमा सशस्त्रका सङ्गीता सुनुवारले स्वर्ण तथा नेपाल प्रहरीका अनुराध लामाले रजत पदक जित्नुभयो । ७५ किलोमा सेनाका शीलु डङ्गोलले स्वर्ण तथा सेनाकै समुना खातुनले रजत पदक पाउनुभयो ।

पुरुषतर्फ ६९ किलो तौल समूहमा सेनाका विष्णुप्रसाद घलेले स्वर्ण र सशस्त्र प्रहरीका विकास लामाले रजत तथा ७५ किलोमा सेनाका दिपेश लामाले स्वर्ण र मध्यामाञ्चलका दिवसलाल भुमीले रजत पदकमा चित्त बुझाउनु पयो । त्यस्तै ८१ किलो तौलमा मध्यमाञ्चलका मनोहर बस्नेतले स्वर्ण र सेनाका महेन्द्र केसीले रजत पदक जित्नुभयो । ९१ किलोमा सेनाका श्याम खत्रीले स्वर्ण र मध्यामाञ्चलका कविरश शर्माले रजत पदक पाउनुभयो भने ९१ किलो बढी तौलमा सेनाका आशिस दवाडीले स्वर्ण र मध्यामञ्चलका मेघ लामाले रजत पदक पाउनुभयो ।

पदक तालिक यस प्रकार छन्–

क्र.सं., टिम, स्वर्ण, रजत, कांस्य, जम्मा 
१. नेपाली सेना, १०८, ६०, ४३- २११
२. सशस्त्र प्रहरी ४६, ४३, ५६- १४५
३. नेपाल प्रहरी ४०, ३७, ३९- ११६
४. मध्यमाञ्चल ३१, ४९, ५७- १३७
५. मध्यपश्चिमाञ्चल ८, १४, ४२- ६४
६. पश्चिमाञ्चल ७, २१, ३६- ६४
७. पूर्वाञ्चल ६, १६, ४७- ६९
८. सुदूरपश्चिमाञ्चल ४, ११, ५९- ७४
जम्मा २५०, २५१, ३७९- ८८०

प्रतिक्रिया

सम्बन्धित सामाग्री