आइतबार, कार्तिक ५ २०७४ | Sun, October 22, 2017
नेपालको समय: १७:४६ | UK Time: 13:01

शनिबार टुँडिखेल घन्काउँदैछ नेपथ्य

विनेपाली
२०७३ पुष २१ गते १०:४६

 nepathya-concert-image

काठमाडौं । नयाँ वर्षको स्वागतसहित यो शनिबार लोकरक सांगीतिक समूह नेपथ्य टुँडिखेलमा प्रस्तुत हुँदैछ । नेपथ्यले

उसका काठमाडौं श्रोतालाईपहिलोपटक एउटा नयाँ कृति पनि पस्कने भएको छ । लामो समयदेखि फरक फरक पुस्ताका युवा

ढुकढुकीलाई जोड्दै आएको नेपथ्य कन्सर्टले यसपाला नेपाल संगीत नाट्य एकेडेमीका कुलपतिसरुभक्तको

विद्यार्थीकालीन भावनालाई अहिलेका तन्नेरीहरुमाझ घन्काउँदैछ ।

‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन

बेरुप अनुहार हो, यहाँ कोहि साथी छैन’

सरुभक्तका अनुसार स्नातकोत्तरको अध्ययन गर्न २०३९ सालमा कीर्तिपुर आउँदाताका यो गीत तयार भएको थियो ।

‘गीत त मैले पोखरा छाड्नै लाग्दा लेखेको थिएँ,’ उनी भन्छन्, ‘काठमाडौं आएपछि चाहि यसले संगीत पनि पाएको थियो।’

परिस्थितीले दुर्भाग्यको शिकार त्यसबेलाको युवा तरुणहरुका बेदनालाई दुई लाइनमा अभिव्यक्त गरेको उनी बताउँछन् ।

सरुभक्तका अनुसारसंसारमा एक्लै फ्याँकिएकाहरुको जीवनगाथा हो यो गीत । साहित्यमा अस्तित्ववादी र

विसंगतीवादीहरुको बाहुल्य रहेको बेला त्यसैको प्रभावनभए पनि त्यही क्षणको अनुभूति चाहिँ यस गीतमा अभिव्यक्त

भएको उनले जानकारी दिए ।

‘समाजबाट अस्वीकृत वा समाजबाट प्रताडितका निम्ति जीवनमा सबैभन्दा चाहिने कुरा प्रेम नै हो,’ सरुभक्त भन्छन्,

‘निराशावादी चिन्तनबाटव्यक्त भएको त्यही प्रेम यो गीतमा छ ।’

त्योताका साहित्यमा अलिक फरक र नयाँपन ल्याउन रुचाउदा गीतका प्रचलित विषयवस्तु र शैलीभन्दा फरक रहेर

यस्तो सिर्जना तयार भएकोउनी स्पष्ट पार्छन् ।

आफ्नो वाल्यकालदेखिका साथी विक्रम गुरुङले संगीतवद्ध गरिदिँदा जुन मुडमा यसलाई लेखिएको थियो गाउँदा

त्यही मुड अझ मुखरित भएकोसरुभक्त सुनाउँछन् ।

पाँच कक्षादेखि सँगै पढेका विक्रम र सरुभक्त त्योताका कीर्तिपुरको नयाँबजारमा एउटै कोठा भाडामा लिएर स्नातकोत्तर

गरिरहेका थिए ।त्यतिबेलै अरुण थापाको संगतमा झुम्मिएका विक्रमले ‘आँखाको निद खोसी लाने’, ‘भुलुँ भुलुँ लाग्यो मलाइ’ र

‘कतै टाढा तिमीबाट पुगेँभने म’ जस्ता गीतहरु दिएका थिए ।

यसरी सिर्जना र संगीतमा अभिरुची राख्ने दुई पुराना साथीहरु सरुभक्त र विक्रम गुरुङको त्यो मित्रताको प्रतिफल यो गीत हो ।

२०३४ सालमाउनीहरु लगायत मिलेर पोखरेली युवा सांस्कृतिक परिवार स्थापना गरेका थिए । त्यसभन्दा अगाडिदेखि नै सहकार्य सुरुभएको सरुभक्त सुनाउँछन् ।

कीर्तिपुरबाट पढाइ सकेर फर्केपछि पनि विक्रमले पोखराका कार्यक्रमहरुमा आफैँले धेरैपटक यो गीत गाएको उनी सम्झना गर्छन् ।

‘खुद गीतकार, संगीतकार र गायकसमेत रहेका विक्रमले आफ्ना गीतहरु अन्य गायक गायिकालाई दिएपनि यो चाहिँ ख्वै किन

हो आफैँ गाउँथे,’ सरुभक्त भन्छन्, ‘एक किसिमको आत्मीयता उसले यसमा देखाएको थियो ।’

त्योबेला अहिलेजस्तो रेकर्ड गर्नु सहज नभएको र विक्रम पनि यस्तो कुरामा उत्ति लागिपर्ने नभएकाले यो गीत

त्यत्तिकै थन्किएर रहेको उनीबताउँछन् ।

‘पछि विक्रम सँधैको निम्ति हंगकंग बस्न गयो,’ सरुभक्त भन्छन्, ‘त्यसपछि उतैका कार्यक्रममा उसले गाउने गरेको

समाचारबाहेक यो गीतकोकुनै चर्चा भएन ।’

आफैले पनि विर्सन लागेको तन्नेरी क्षणको गीतलाई नेपथ्यले छनौट गरेर पुनर्जागरण गराइदिएकोमा यी सर्जक

कृतज्ञता प्रकट गर्छन् ।

‘अब नयाँ पुस्ताले यसलाई कसरी लिन्छन् जिज्ञासा छ,’ शनिबार टुँडिखेलमा आफु पनि उपस्थित हुने

जानकारी दिँदै सरुभक्त भन्छन्, ‘योचालिसको दसकका तन्नेरीहरुको तर्फबाट सत्तरीका दसकका तन्नेरीहरुलाई कोसेली हो ।’

कुनैबेला उपन्यास ‘पागलवस्ती’ लेख्दा अनौठो मान्ने पाठकहरु पछि त्यसैले मदनपुरस्कार पाएपछि चाँसो राख्न थालेको

अनुभव भोगेकासरुभक्तका अनुसार उनका धेरै कृतिहरुले त्यसको उपयुक्त समय तत्काल नपाएर पर्खनुपरेको छ ।

उनलाई यो गीतको नियति पनि त्यस्तैभइदियो जस्तो लाग्छ ।

‘कुरुप अनुहार हो र बेरुप अनुहार हो गरेर केवल दुइवटा स्थायी भएकाले यो गीतमा संगीत भर्न अलिक

अप्ठेरै परेको थियो,’ यसका संगीतकार विक्रम गुरुङ भन्छन्, ‘भक्त (सरुभक्त) स्वयंलाई गुनगुनाउन

लगाएपछि त्यसैलाई आधार बनाएर उतिबेला

प्रारम्भिक ट्युनिङगरेको थिएँ ।’

कहिलेकाँहि नेपाल आएको बेलामा बढीजसो संगत नेपथ्यका गायक अमृत गुरुङसँगै हुनेगरेकाले जमघटमा एकाधपटक

गाएको यो गीत अबनेपथ्यको आवाजमा आउन लागेकोमा खुशी लागेको विक्रमले बताए ।

‘अमृतले नेपथ्यको आफ्नै शैलीमा यस गीतलाई ढाल्न खोजेका छन्,’ रेकर्ड सुनिसकेका विक्रमले भने, ‘म सबैलाई शुभकामना

दिन चाहन्छु ।’

एकताका हंगकंगमा रेकर्ड भएको यो गीतलाई आफूले २० वर्षअघि सुनेको अमृत बताउँछन् ।

‘सात वर्षअघि चाहिँ म आफैँले गाउँछु भनेर विक्रम दाइसँग अनुमति लिएँ,’ उनले थपे, ‘यसको अभिव्यक्ति अलिक

साइकेडेलिक र अमूर्तभएका कारण थप काम गरेर नेपथ्यले प्रस्तुत गर्नलागेको हो ।’

सरुभक्तको रचनामा यसअघि पनि नेपथ्यले ‘खान्न म त लामपाते सुरती’, ‘यानीमाया’ र ‘सरुमा रानीको आँसुको कसम’

गाइसकेको छ भनेविक्रम गुरुङको संगीत यो पहिलो हो ।

शनिबार ‘पल्सर डेयर भेन्चर ग्राण्ड फिनाले’कै अवसरमा आयोजित कन्सर्टमा नेपथ्यले पहिलोपटक टुँडिखेलमा यो

गीत गाउँदैछ । बेलुकीठीक छ बजेदेखि सुरुहुने कन्सर्ट टिकट नभइ पूर्णयता निमन्त्रणामा आधारित छ । पासको

व्यवस्था भने बजाज कम्पनीले उसका प्रत्येकशोरुमहरुमा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक