एनसिआई युकेको साधारणसभा

लण्डन । लण्डनका नेपाली व्यावसायीहरु सम्मिलित नेपलिज कोअपरेटिभ इन्भेस्टमेन्ट लिमिटेड (एनसिआई) युकेको तेस्रो साधारणसभा सम्पन्न भएको छ । ब्ल्याकहिथस्थित एभरेष्ट इनमा शनिबार भएको सो साधारणसभाको अध्यक्षता अध्यक्ष मोहन गुरुङले गरेका थिए भने संचालन सचिव अर्कराज तिम्सिनाले गरेका थिए ।

साधारण सभामा सचिव तिम्सिनाले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष एलएन पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कोषाध्यक्ष पाण्डेले एनसिआई गठनको औचित्य र उद्देश्यका बारेमा तयार पारिएको पावर प्वाइन्ट प्रेजेन्टेसन पनि प्रस्तुत गरेका थिए ।

यस्तै लेखा तथा आर्थिक अनुशासन समितिका टीकाराम सापकोटा, बालजंग अर्याल, बिज्नेस डेभलपमेण्ट कमिटीका सुरज मास्के र दीपक भट्टराई तथा एनसिआई नेपाल शाखाका निर्देशक क्याप्टेन हितमान गुरुङको प्रतिवेदन पनि पेश गरिएको थियो ।

१५० सदस्य रहेका एनसिआईका सदस्यहरुले न्यूनतम मासिक १०० पाउण्ड जम्मा गर्ने गर्दछन् । एनसिआईले हालसम्म तीनवटा घर किनिसकेकोमा एउटा बेचिसकेको छ भने थप दुईवटा घर लिने प्रक्रियामा छ । यस्तै, नेपालमा अर्गानिक फार्ममा लगानी गरिसकेको छ ।
अध्यक्ष गुरुङले एनसिआइलाई युरोपमा विस्तार, नेपालमा सोलार पावरमा लगानी गर्ने लगायतका बारेमा साधारणसभामा छलफल भएको जानकारी दिए ।

८३ जना सदस्यहरुको उपस्थिति साधारणसभामा रहेको थियो । साधारणसभाले कमल भण्डारीलाई लेखा समितिमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री