बिहीबार, फागुन १२ २०७३ | Thu, February 23, 2017
नेपालको समय: १०:३७ | UK Time: 04:52

ओबामाको अन्तिम सम्बोधन सिकागोमा

रासस, एएफपी 
प्रकाशित मिति:२०७३ पुष २६ गते ११:५९

ओबामा

वासिङ्टन (अमेरिका), २६ पुस । अमेरिकी राष्ट्रपतिले आफ्नो पदिय हैसियतमा गर्ने नियमित कामलाई मङ्गलबारदेखि बन्द गर्नुहुने भएको छ ।

उहाँले आठ वर्ष पहिले राष्ट्रपतिमा नियुक्त भएपछि आफू हुर्केको सिकागो शहरमा पुगेर राष्ट्रपतिको पदीय जिम्मेवारी सम्हाल्ने घोषणा गर्नुभए जस्तै शैलीमा आफ्नो कार्यकालबाट विदा लिन लागेको कुरालाई आफ्ना समर्थकमाझ सार्वजनिकरुपमा घोषणा गर्नुहुनेछ ।

राष्ट्रपति ओबामा विशेष विमानमार्फत सिकागोमा जानुभई डोनाल्ड ट्रम्पको ‘अनपेक्षित’ विजयबाट निराश बनेका अफ्रिकी मुलका अमेरिकी सहित सम्पूर्ण समर्थक एवम् प्रशंसकलाई सम्बोधन गर्दै उनीहरुको मनोवल उच्च पार्नुहुने पनि बताइएको छ ।

राष्ट्रपति ओवामालाई सिकागो शहरमा जाने यात्रालाई उहाँकी जीवन सङ्गिनी मिसेल ओवामा, उपराष्ट्रपति जो विडेन र विडेनकी पत्नी जील विडेन लगायतले साथ दिनुहुनेछ ।

तपाईको प्रतिक्रिया




फेसबुक