प्राज्ञ डा. जगमान गुरुङसंग एनआरएनए यूकेले अन्तरक्रिया गर्ने

लन्डन । हाल बेलायतमा रहेका संस्कृतिवीद तथा प्राज्ञ डा. जगमान गुरुङसंग गैर आवासीय नेपाली संघ बेलायतले एक अन्तरक्रिया गर्ने भएको छ । आगामी १४ जनवरी बिहान एम्पायर हल अल्डरसटमा कार्यक्रम गर्न लागिएको संघले जनाएको छ । संघले कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा समेत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, काठमाण्डौंमा इतिहास, संस्कृति तथा पुरातत्वका प्राध्यापक डा. गुरुङ तमुधिं यूके र तमु प्ये ल्हु संघ यूकेको निमन्त्रणामा गरु (तमु) संस्कार र संस्कृति सम्वन्धि सम्मेलनमा भाग लिन प्रमुख वक्ताका रुपमा बेलायत आएका हुन् ।

कास्की याङ्जाकोट गाउं निवासी गुरुङ नेपाल संस्कृति विश्वविद्यालयका कार्यकारी निर्देशक गुरुङ नेपाल संस्कृति अध्ययन केन्द्रका प्रमुख पनि हुन् । उनी सेन्टर फर नेपलिज एण्ड एसियन स्टडिजका अनुसन्धानकर्ता पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री