क्यानाडाको पुरानो संस्था एनसीएनसीमा नयां नेतृत्व

टोरोन्टो । क्यानाडाकै पुरानो नेपाली संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) मा नयां नेतृत्व चयन भएको छ । गत ८ 
जनवरी, शनिबार मिसिसागामा सम्पन्न संस्थाको २३ औं वार्षिकोत्सव तथा साधारणसभाले ढुण्डीराज खनालको अध्यक्षतामा ११ सदस्सीय कार्य समिति चयन गरेको हो ।

नयां कार्यसमितिको उपाध्यक्षमा नेत्र (दिनेश) खतिवडा, महासचिवमा लिलानाथ पाण्डे, सचिवमा विमला सापकोटा र कोषाध्यक्षमा किशोरबाबु ढकाल चयन भएका छन् । त्यसैगरि, कार्यसमिति सदस्यहरुमा सन्त राजभण्डारी, बाबुराम लामिछाने, ऋषिराम गैरे, गोविन्द सिवाकोटी, कुन्दन घिमिरे र धन बहादुर फगामी चुनिएको संस्थाले जनाएको छ ।

लामो छलफलपछि १० पदमा सर्वसम्मत भएपनि उपाध्यक्षका लागि चारजनाको उम्मेदवारी परेपछि निर्वाचनबाट नेत्र (दिनेश) खतिवडा विजयी भए ।

निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता अतुल सुवेदीले शपथ ग्रहण गराएका थिए ।

क्यानडाका लागि नेपाली कन्सुलेट जनरल डा. कुन्जर शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट नेपाली समुदायका लागि सहयोग गर्ने व्यक्ति र संघसंस्थालाई एनसीएनसीका संस्थापक अध्यक्ष किरण ढुंगाना, एनआरएनए क्यानडाका अध्यक्ष तुल्सी सापकोटा र एनसीएनसीका निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले प्रमाणपत्र, सिल्ड र ट्रफीले सम्मान गरे ।

कार्यक्रममा क्यानाडास्थित नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उत्साहजनक उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री