ईयू बहिर्गमन अर्थात ब्रेक्जिट बबण्डर

बेलायतका अधिकांश पत्रिकाको हेडलाइनहरुमा ब्रेक्जिट शीर्षकले 
कौतुहलता मच्चाइदिइरहन्छ । दिनप्रतिदिन नयां नयां तथ्यहरु निस्कंदै 
छन् । आउनुहोस् यसैमा रहेर चर्चा गरौं ।

ब्रेक्जिट पासा ः
बेलायती पूर्व प्रधानमन्त्री क्यामरुन सरकार नेटो लगायत सुरक्षा र आर्थिक मामिलामा अमेरिकासंग अछुतो रहेर काम गर्न सक्दैन थियो । चाहे क्यामरुन भन्दा अगाडिका प्रधानमन्त्री टोनी ब्लेयरको पालामा चलेको 
इराक युद्ध होस्, चाहे साउदीलाई हतियार दिने होस् । अथवा सिरियामा एलाइन्स सेना होस् । ओबामा प्रशासन बेलायतले युरोपमा लिड रोल खेलेको देख्न चाहन्थ्यो तर त्यो सपना जर्मनीले त्यति सजिलै पुरा हुन दिएन । ईयूलाई जर्मनीले नै पकडमा राखिराखेको थियो । जर्मनी र ईयूको एलाइन्स तोडाउन र लिडिंग रोलमा आफू स्थापित हुने होडबाजी साथै कन्जरभेटिभ पार्टीको भविष्य बेलायतमा राम्रो राख्ने हेतुले बेलायतका पूर्व प्रधानमन्त्री क्यामरुनले बेक्जिट पासा फ्यांकेका थिए तर आफैं फंसे । क्यामरुन सरकारले इमिग्रेसन ईस्यु देखाएर त्यही जगमा क्यामरुनले दोस्रो पटक चुनाव जित्न सफल रहे तर इमिग्रेसन कन्ट्रोल हुने संकेत देखिएन । त्यसले ब्रेक्जिटलाई झनै मलजल गरिदियो । जसले राइट उइंग नाइजल फराजको उदय हुन पुग्यो । उनले आफ्नो मुल मुद्दामा इमिग्रेसनलाई नै राखेर सन् २०१३ देखि लगातार बेलायती राजनीतिमा तरंगित पारि नै रहे र त्यो अझै कायमै छ ।

डोनाल्ड ट्रम्पको उदय ः

ट्रम्प बेलायतले ईयू छाड्नु पर्छ र त्यसैमा बेलायतको भविष्य उज्ववल रहन्छ, यसमा बेलायतलाई अमेरिकाको पूर्ण सहयोग र समर्थन हुन्छ भनिरहेका छन् जसले ईयूलाई थप दवाव सिर्जना गरिदिएको छ । बेलायत यो बेला दुविधामा रहेको सिग्नल फ्यांकिरहेको छ । अमेरिकासंग अलग्गिन नसक्ने अनि अमेरिकासंग मिल्दा रुस संगको अब हुने सम्बन्धका बारेमा पनि धेरै सोच विचार गर्नुपर्ने देखिन्छ । डोनाल्ड प्रशासन रसियाको प्रभावमा रहिरहने निश्चित छ, जसले अमेरिकाको अरु देसहरुको सम्बन्धलाई अरु खल्बलाइदिन सक्छ । अब आउने दिनहरु कसैका लागि पनि सहज छैन् ।

ईयूको भविष्यः

बेलायतले ईयू छाड्ने नतिजासंगै ईयूको भविष्य माथि कालो बादल मडारिन लागेको छ । फ्रान्समा ‘ली पेन’ नेत्री जो 
’फ्राएक्जिट’ अर्थात फ्रान्सलाई ईयूबाट निकाल्न चाहन्छिन् । अहिले उनको सुष्म उदय फ्रान्समा हुंदैछ । यदि उनले जितेको खन्डमा फ्रान्सले पनि ईयू छाड्ने निश्चित हुन्छ । जर्मनीको विपक्षी दलमा मलीन स्वर निस्कंदै छन् । ईटालीको चुनाव परिणामा ईयूको लागि त्यति सन्तोषजनक रहेन । ईटालीको २० वर्षमा आर्थिक उन्नति वार्षिक १ प्रतिशत पनि रहेन जस्ले ईयू नै रहेको निष्कर्ष निकाल्दै छ र इटालीका पूर्व प्रधानमन्त्री रेन्जीले चुनाव हार्नुले पनि ईयूलाई धेरै सोच्न वाध्य पारिदिएको छ । ईयू आफैमा पूर्ण छैन, अब कि ईयू फेरिनु पर्नेछ नत्र ईयूको भविष्य माथि कालो बादल लाग्न सुरु हुदैछ ।

सिंगल मार्केट भर्सेस फ्री मुभमेन्ट ः
अहिले दैनिक बेलायतका छापाहरुमा यो विषयले उच्च स्थान लिन सफल भएको छ । फ्री मुभमेन्ट भन्नाले युरोपमा रहेका सबै देशका मान्छेहरु बिना रोकतोक युरोपभर जहां गएर बस्न, ब्यापार र त्यही देशको नागरिक सरह बस्न सुविधा लिन पाउने अधिकारहरु सुनिश्चित गरिदिएको हुन्छ । आप्रवासीहरुका लागि मजवुत पाउन्ड, बेलायतीहरुको हार्दिकता, सहिष्णुता र सुविधा भत्ताहरुले पोल्यान्ड, रोमानिया, बुल्गेरिया आदि देशका मानिसहरु फ्री मुभमेन्टको उपयोग गर्दै  सन् २००६ देखि बेलायत ओइरने क्रम सुरु भयो ।
पोल्यान्ड, रोमानिया, बुल्गेरिया र अन्य युरोपेली मुलुकबाट जनसंख्या बसाइसराइले बेलायती समाजलाई प्रभाव पारयो ।

अस्पतालहरुमा विरामीको चाप, विद्यालयहरुमा विद्यार्थीहरुको चाप र भत्ता सुविधा लिनेमा तिनै देशबाट आएका आप्रवासीहरुको संख्या धेरै देखियो जसले बेलायती समाजमा आप्रवासीप्रति घृणा सिर्जना गरिदियो । त्यसैको जगमा ब्रेक्जिटको जन्म भयो । यो सबै कुराको दोष फ्री मुभमेन्टलाई दिइयो । बेलायत फ्री मुभमेन्टलाई रोकेर सिंगल मार्केटमा रहिरहन चाहन्छ तर ईयूले सिंगल मार्केटमा रहन फ्री मुभमेन्ट पनि मान्नुपर्ने आफ्नो अडान राख्दै आएको छ ।

सिंगल मार्केट भन्नाले ईयू भरका देशहरुमा सामान आयात र निर्यात गर्दा लाग्ने एउटै कर र बिना रोकतोकलाई जनाउंछ अथवा ईयूको कमन बजारलाई जनाउंछ । उदाहरणका लागि लन्डन र पेरिसको बजार एक्कै रह्यो । लन्डनबाट पेरिस सामान निर्यात गर्दा आन्तरिक करको झमेलामा लाग्नु परेन, जुन बेलायतबाट गरिने निर्यातको लागि उत्तम रहयो । निर्यात भन्दा आयात बढि हुनाले बेलायतले कसरी ईयूसंग बारगेन गर्छ त्यसमा अर्थ व्यवस्था भर पर्ने देखिएको छ । सिंगल मार्केटमा रहन फ्री मुभमेन्ट पनि अंगाल्नुपर्ने देखियो जुन बेलायत चाहंदैन । यदि सिंगल मार्केटमा नरहेको खन्डमा त्यो हार्ड ब्रेक्जिट हुने देखियो ।

बैक अफ ईंग्ल्यान्डको गलत तथ्याकः

गत जुनमा भएको चुनावमा बैंक अफ ईंग्ल्यान्डले यदि ईयू छाड्ने भएमा त्यसको तत्कालै घरको भाउ २० प्रतिशतसम्म घट्ने, अर्थतन्त्र धरासायी हुने र बेरोजगारहरुको संख्यामा वृद्धि हुने अनि अर्थतन्त्र धरासायी हुने भन्दै ढोल पिटियो । हिजो भर्खरै बैंक अफ ईंग्ल्यान्डका चिफ इकोनोमिस्ट एन्डी हल्यान्डीले फेरी त्यो 
रिपोर्ट गलत भएको स्वीकारे । बेलायतको अर्थतन्त्र अझै मजवुत रहेको जनाइएको छ । १८ वर्षको इतिहासमा बेलायतले निर्यात वृद्धि गरेको छ र बेरोजगारी इतिहासमै कम संख्यामा झरेको छ । यो सोचे भन्दा ०.६ प्रतिशतले वृद्धि भएको छ । बैंकहरु सफल देखिएका छन् । केही समय बेलायतको अर्थतन्त्रमा असर परेपनि दीर्घकालीन रुपमा बेलायतलाई राम्रो नै हुने देखिन्छ ।

कुटनीतिक घम्साघम्सी ः

ईयूका लागि बेलायतका राजदूत सर इभान 
रोजर्सको राजिनामाले यो हप्ता बेलायत र ईयू दुवै तात्यो । सर इभान 
रोजर्सले ईयूबाट बेलायत पूर्ण रुपले छुट्टीन दुई नभएर दश वर्षसम्म लाग्न सक्ने विचार संगै सरकार पक्षबाट दवाव सिर्जना गराउंदा उनले राजीनामा दिएको मिडिया बताउंछन् । फेरी दुई दिन नबित्दै बेलायतले रसियाका पूर्व राजदूत सर टिम ब्यारोलाई नियुक्त गरेको छ । टिम ब्यारो खरो स्वभाव र ईयूलाई नियन्त्रणमा राख्न सक्ने विश्वास गरिएको छ ।

अबको भावी राजनीति अमेरिका र चीन, रसिया र बेलायत अनि ईयूको कस्तो सम्बन्ध रहन्छ भन्नेमा रहनेछ । नतिजा राम्रो नै हुने आशा गरौं । जय होस्

प्रतिक्रिया

सम्बन्धित सामाग्री