ब्राजिलमा मौलायो सामूहिक अपराध, राष्ट्रपति चिन्तित

 

फाइल तस्विर

 

ब्रासिलिया (ब्राजिल), २८ पुस । ब्राजिलियाली राष्ट्रपति मिसेल टिमरले बुधबार ब्राजिलको मन्त्रीपरिषदको बैठकमा पछिल्लो समय ब्राजिलका विभिन्न जेल तथा अन्य ठाँउमा भएका सामुहिक आपराधिक गतिविधिले मुलुक र यहाँ बसोबास गर्ने नागरिकलाई चिन्तित तुल्याएको बताउनुभएको छ ।

हालै जेलमा देखिएको सुरक्षास्थितिले राज्यद्वारा नागरिकलाई गराइनुपर्नेे सुरक्षाको प्रत्याभूत गराउन नसकेको भन्दै यसमा प्रहरी प्रशासन सजग बन्नुपर्ने उहाँले बताउनु भएको छ ।

ब्राजिलको उत्तरी क्षेत्रमा हालै भएका घटनामा कम्तिमा १०० जनाको मृत्यु भएपछि राष्ट्रपतिले मन्त्रीपरिषदको बैठकमा उक्त मुद्दालाई उठाउनु भएको हो ।

उहाँले जेलको सुरक्षास्थितिलाई थप मजबुत पार्न र जेलमा क्षमताभन्दा धेरै बन्दी नराख्ने ब्यवस्था गर्न गृह प्रशासनलाई समेत निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री