बस र ट्रक ठोक्किदा २५ को मृत्यु

नयाँदिल्ली, ६ माघ । भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक एक आपसमा ठोक्किदा बिहीबार कम्तीमा २५ जनाको मृत्युभएको छ ।

घटनामा परी अन्य केही घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु हुनेमा बसका चालकसमेत छन् ।

बस र ट्रक एक आपसमा ठोक्किनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर जाडोको समयमा विहानमा निकै बाक्लो कुहिरो लागेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

भारतमा गत बर्ष मात्रै झण्डै एक लाख ५० हजार जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । दैनिक चार सय जनाको मृत्यु हुने गरेको सडक यातायात तथा राजमार्ग मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गरी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री