फार्नब्रोको माघेसक्रान्ति पर्वमा मगर उच्चशिक्षा कोषलाई सहयोग

लण्डन । मगर सङ्घ युके युएचएसबी शाखाले मगरहरुको राष्ट्रिय चाड माघेसक्रान्ति पर्व मनाउँदै मगरहरुको उच्चशिक्षाका लागि स्थापना गर्न लागिएको कोषमा सहयोग गरेको छ ।

गत शनिबार फार्नब्रोमा आयोजित कार्यक्रममा पितृपूजाका साथ मगरहरुले माघेसक्रान्ति मनाएका थिए । पितृपूजाको जिम्मेवारी पूर्व उपाध्यक्ष ओमप्रसाद थापामगरले लिएका थिए । उनले सन् २००९ बाट नै सो जिम्मा लिँदै आएका छन् ।

सो कार्यक्रममा फार्नब्रो, अल्डरसट, क्याबर्ली क्षेत्रमा बसोबास गर्ने मगरहरुको उपस्थिति थियो ।

कार्यक्रममा पितृहरुलाई चढाइएको दक्षिणा नेपालमा मगर विद्धार्थीहरुलाई मास्टर र पीएचडी शिक्षा हासिल गर्नका लागि मगर सङ्घ युकेले स्थापना गर्न लागेको १ करोड राशीको कोषमा अपुग रकम जुटाउन सहयोग गरिएको थियो । सो दिन ८२५ पाउण्ड ५८ पेन्स दक्षिणा सङकलन भएको थियो ।

शाखाका अध्यक्ष लेख रानाको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालन सचिव बीर बलालले गरेका थिए भने प्रमुख अतिथि मगर सङ्घ युकेका महासचिव लालबहादुर पुन थिए ।

पूजामा बृद्धबाट सूर्ज थापा, मध्य उमेरबाट गणेश थापा र नवयुवाबाट लछुमान रानाले सहयोग गरेका थिए । सो लगत्तै शाखाकी उपाध्यक्ष श्रीमती हेमा राना र मगर महिला संघ युकेकी अध्यक्ष श्रीमती छबिमाया पुन र शाखाकी महिला समितिकी अध्यक्ष श्रीमती पदम थापाको संयोजनमा दिदीबहिनीहरूबाट प्रसाद ग्रहन गराइएको थियो । सचिव बिर बलालले आधिकारीक कार्यक्रममा नौमती बाजाको मंगल धुनसंग पुजा बिसर्जन गर्नासाथै सल्लाहकार क्याप्टेन रिटायर्ड हरिबहादुर थापामगर र अध्यक्ष लेख रानाले कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा मगर सङ्घ युकेका पूर्व अध्यक्षहरू मे.रि कुलबहादुर थापा र दुतबहादुर पुन, शाखाका सस्थापक अध्यक्ष ले.रि. सुनिल राना, निवर्तमान अध्यक्ष क्या.रि ताम ढेगा, केन्द्रीय सल्लाहकारहरू श्रीमती गोमा राना, बेल बुराथोकी, श्रीमती नरमती पुन काउचालगायत उपस्थित थिए।

माघे सक्रान्तिबारे पुजारी ओम थापाले बताएका थिए भने नयापुस्ताको नानीहरू ओशिन थापा र टिना बलालले अंग्रेज़ीबाट यस पर्वबारे पढेर जानकारी दिएका थिए। सो अवसरमा यस वर्ष उल्लेखनीय उपलब्धि प्राप्त गरेका नानी साथै अन्यलाई अध्यक्ष र विशेष अथितिको हातबाट सम्मान गरिएको थियो।

नवयुवा लछुमान राना र सुरक्षा रानाले अति रोचक ढङगमा मनोरन्जन कार्यक्रम सन्चालन गरेका थिए । जसमा मगरहरूको कौडा नृत्य महिला समितिले र सोरठी नाच आमा समूहले प्रस्तुत गरेको थिये । त्यस्तै नानीहरूको मोडल नाच थियो भने क्या रि बिरबहादुर थापामगरले गीत गाएका थिए । गायिका सुश्री कल्पना पुन, प्रथम नौमती बाजा गुल्मी युके समूह, लोकदोहोरी गायक गायिकाहरू तुलचन्द पुन, राजेन्द्र छन्त्याल, श्रीमती कमला थापाले भरपुर मनोरन्जन दिलाएका थिए ।

कार्यक्रममा टिकेटिड्ग र सुरक्षाको बन्दोबस्त कोषाध्यक्ष हिरा पुनले मिलाएका थिए भने पेयपदार्थको बन्दोबस्त असोक थापाको नेतृत्वमा भएको थियो । नयाँ मेम्बरहरूलाई दर्ता गर्ने र नबिकरन मेम्बरसीप सेक्रेटरी निर्मल श्रीसले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री