इ‌ङ्ल्याण्डको वुमन अन्डर १६ फुटबल टीममा छानिइन् अस्मिता आले

तस्वीर बसन्ती आलेको फेसबुकबाट

लण्डन । पूर्व गोरखा सैनिकको छोरी अस्मिता आले इङ्ल्याण्डको १६ वर्षमुनीको महिला राष्ट्रिय टोलीमा छनोट भएकी छिन् ।

उनले अर्को महिना इङ्ल्याण्डमा आयोजना हुने युइएफए डेभलपमेन्ट टुनामेन्टमा इङ्ल्याण्डको प्रतिनिधित्व गर्दै खेल्नेछिन् ।

पिता अमृत आलेका अनुसार फेब्रुअरीको १० देखि १७ सम्म सो प्रतियोगिताका लागि अस्मितालाई उपलब्ध गराइदिन फुटबल एसोसिएसन (एफए) ले अनुरोध गरेको छ ।

सो टुनामेन्टमा स्पेन इटली र फिनल्याण्डको टोलीसित इङ्ल्याण्डको टोलीको प्रतिस्पर्धा हुने बताइएको छ ।

अरुबेला अास्टोन भिल्ला क्लवबाट ५ नम्बरको जर्सी लाएर खेल्ने अस्मिताको रोजाइको पोजिसन सेन्टर ब्याक हो । तर आवश्यकताअनुसार उनी अरु पोजिसनमा पनि खेल्ने गर्छिन् ।

अस्मिताका पिता अमृत आले क्वीन्स गोरखा सिग्नलका पूर्व गोरखा सैनिक हुन । उनी अहिले परिवारसहित युकेको ननिङटनमा बस्दै आएका छन् ।

यसअघि अस्मिता इंग्ल्याण्डको स्कुल र कलेजको फुटबल संचालन गर्ने निकाय इंगलिस स्कुल्स फुटबल एसोसिएसन (इएसएफए) मातहतको १५ वर्षमुनीको स्कुलस्तरिय अन्तर्राष्ट्रिय छात्रा फुटबल टोलीमा छानिएकी थिइन् ।

उनका पिता स्क्वास खेलमा नेपालका पूर्व नेशनल खेलाडी हुन् भने दाजु असिम ननिङटन युथ क्लवमा फुटबल खेल्ने गर्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री