ओलीले गरे तीन योजना शिलान्यास

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार लखनपुर-१ स्थित मङ्गलबारेदेखि शिवगन्ज जोडिने सडकको शिलान्यास गर्नुहुँदै । तस्बिरः यज्ञराज आङदेम्बे, दमक, रासस

सुरुङ्गा(झापा), ६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज झापा क्षेत्र नम्बर ७ मा तीन ठूला योजनाको शिलान्यास गर्नुभएको छ ।

उहाँले झण्डै रु साठी करोडभन्दा माथिका ती तीन योजनाको शिलान्यास गर्नुभएको हो ।

अध्यक्ष ओलीले दमक–१७ को बेतिनी–मावा–आम्बारी पुल, दमक–१९ को सेतुमारी–कोहबरा जोड्ने रतुवा खोलाको पुल र लखनपुरको मङ्गलबारे–धरमपुर–शिवगञ्ज सडकको स्तरोन्नतिको शिलान्यास गर्नुभयोे ।

सो अवसरमा अध्यक्ष ओलीले विकास निर्माण कसैको एकलौटी नहुने बताउनुभयो । विकासको गतिलाई अब कसैले पनि रोक्न सक्दैन भन्दै उहाँले ‘पिच सडक’ हेर्नलाई राजमार्गमा आउनुपर्ने अवस्थाको अन्त्य हुन्छ भन्नुभयो ।

दमक–१९ मा रतुवा खोलाको पुल करिब रु ३३ करोड, दमक–१७ मा मावा खोलाको पुल निर्माणमा रु २३ करोड र सडक स्तरोन्नतिका लागि रु सात करोड बजेट छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री