मोगादिसु होटल आक्रमणमा एघारको मृत्यु

आत्मघाती आक्रमणमा घाइतेको उद्दार गरिंदै । तस्विरः एपी

मोगादिसु, १३ माघ । मोगादिसुको प्रख्यात होटेलमा बुधबार अतिवादी बन्दुकधारीहरुले गरेका आक्रमणमा परी एघार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० भन्दा बढी घाइते भएका प्रहरीस्रोतले जानकारी दिएको छ

आँधीको रूपमा होटेलका आएर अतिवादी बन्दुकधारी कब्जा गरेका होटेल हाल प्रहरीले नियन्त्रण्मा लिएको छ । बदुन्कधारीहरूले होटेलको भवनभित्र जानका लागि बल प्रयोग गरेको र यसै क्रममा सुरक्षा गार्ड र बन्दुकधारीबीच दोहोरो गोली हानाहानसमेत भएको थियो ।

यस आक्रमणको अल कायदासँग आवद्ध साबाब आतङ्ककारी समूहले जिम्मा लिएका थिए । सोमाली संसद् नजिकै रहेको दयाह होटेलमा अतिवादी बनदुकधारीले नियन्त्रण गरेर आक्रमण गरेका थिए ।

आँधीको रूपमा आएका बन्दुकधारीले होटेलको प्रवेशद्वारमा रहेको सुरक्षा गार्डहरूसँग दोहोरो गोली हानाहान गरेको प्रहरी अधिकारी इब्राहिम मोहमदले जानकारी दिएका छन् ।

यस आक्रमणमा सुरक्षा अधिकारी, सर्वसाधारण नागरिक र साबाब समूहमा चार आतङ्ककारीको मृत्यु भएको र अन्य ५० जना घाइते भएका छन् ।

यस आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतक सङ्ख्या बढ्नसक्ने समेत अनुमान गरिएको छ ।

साबाब आतङ्ककारी समूहले एक विज्ञप्ति प्रकाशित गरी सो आक्रमण गराएको जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री