३३ वर्षपछि मोरक्को अफ्रिकी महासङ्घमा आबद्ध हुने

रब्याट (मोरक्को), १४ माघ । तीन दशक पहिले अफ्रिकी सङ्गठनबाट अलग भएको उत्तरपश्चिमी राष्ट्र मोरक्को यही जनवरी ३० र ३१ गते इथियोपियामा हुने २८ औँ अफ्रिकी शिखर सम्मेलनका अवसरमा अफ्रिकी महासङ्घमा पुनः सहभागी हुने भएको छ ।

मोरक्को ‘अफ्रिकन युनिटी’ बाट सन् १९८४ मा छुट्टिएको थियो । ‘अफ्रिकन युनिटी’ पछि ‘अफ्रिकन युनियन’ (एयू) का रुपमा परिवर्तन भएको हो ।

मोरक्केका नरेश मोहम्मद छैटौँले गत वर्ष जुलाईमा रुवान्डाको किगालीमा भएको २७ औँ एयू शिखर सम्मेलनका अवसरमा एक सन्देश पठाउँदै आफ्नो मुलुक अफ्रिकी संस्थाबाट बाहिर रहेर बस्न नचाहेको भन्दै सदस्यताका लागि औपचारिक आग्रह गर्नुभएको थियो ।

मोरक्कन नरेशले शरीरमा कुनै रोग लाग्दा शरीरभित्रबाटै हुने पचार प्रभावकारी हुने बताउँदै आफूलाई अफ्रिकी नेताहरुले सदस्यता लिन गरेको आग्रहलाई नजरअन्दाज गर्न नसक्ने जनाउनुभयो ।

चौवन्न सदस्य भएको एयूमा २८ राष्ट्रद्वारा मोरक्कोलाई पुनः सदस्यता दिनुपर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री