टर्की बेलायतको पुरानो मित्र – मे

बेलायती प्रधानमन्त्री टेरेजा मे र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान अंकारामा हात मिलाउंदै । तस्विरः एपी

अङ्कारा (टर्की), १५ माघ । बेलायतकी प्रधानमन्त्री टेरेजा मेले टर्की बेलायतको लामो समयदेखिको असल मित्र रहँदै आएको बताउनुभएको छ ।

शनिबार एक दिनको टर्की भ्रमणमा जानुभएकी प्रधानमन्त्री मेले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान र प्रधानमन्त्री विनाली यिल्दीरिमसँग भेट गर्नुभएपछि प्रतिक्रिया दिँदै भन्नुभयो, “टर्की बेलायतका केही पुराना सहयोगी राष्ट्रमध्ये एक भएको र दुई देशबीच लामो समयदेखि सुमधुर सम्बन्ध करिब ४०० वर्ष पुरानो भएको बताउँदै दुई देशबीच विगतमा रहँदै आएको मित्रता अझै मजबुत बनाएर अघि जाने बताउनुभयो ।”

उक्त अवसरमा बेलायतले युरोपियन युनियन (ईयू) बाट बहिर्गमन भएदेखि नै दुई देशको सम्बन्धलाई अझै सुमधुर बनाउँदै अगाडि बढ्न चाहेको बताउनुभयो ।

बेलायती प्रधानमन्त्री ईयूबाट बहिर्गमनपछि पनि दुई देशबीच रहँदै आएको व्यापारिक सम्बन्धमा छलफल गर्ने उद्देश्यले टर्की पुग्नुभएको हो ।

हामीबीच बेक्जिटपछिको व्यापारिक सम्बन्धको बारेमा छलफल गरी सहकार्य गर्ने सहमति भएको छ, मेले पत्रकारसमक्ष बताउनुभयो ।

यसैबीच एर्डोगानले दुई देशबीच यसअघि रहेको वार्षिक १५ अर्ब अमेरिकी डलर बराबरको व्यापारिक सम्झौतालाई २० अर्ब पुरयाउने विषयमा छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री