‘छापामार युवतीको डायरी’ अब अङग्रेजीमा

लण्डन । १४ वर्षको कलिलो उमेरमा जनयुद्धमा होमिएकी तारा राईको बहुचर्चित कृति छापामार युवतीको डायरी अङ्ग्रेजीमा अनुवाद गरी प्रकाशन गरिएको छ ।

गुरिल्ला गर्ल नाम दिइएको सो पुस्तक बेलायतको कनराड प्रेसले प्रकाशन गरेको हो । सो पुस्तकलाई जयन्त शर्माले अनुवाद गरेका हुन् । नरेश काङमाङ राई, अब्जसे कान्छा र बेलायती लेखक जेम्स एजिङगरले सम्पादन गरेका छन् ।

जनयुद्ध लड्ने क्रममा देखेको दृष्टान्त र सेनाको कब्जामा पर्दाको अनुभवलाई उनले पुस्तकमा उतारेकी छिन् ।

सो कृति पढेर बेलायती अभिनेत्री जोअना लुम्लेले मन्तब्य लेखेकी छिन् जसलाई दोस्रो सङस्करणमा राखिने अब्जसे कान्छाले बताए ।

कृति प्रकाशित भएको खबर लेखक तारा राईलाई सुनाउँदा अति खुसी हुँदै ‘सपनाहरु धेरै छन् अहिले अति नै खुशी भएको छु, सबै सहयोगी मनहरुलाई धन्यवाद’ भनेको नरेश काङमाङ राईले बताए ।

नेपाली साहित्यलाई विश्व सहित्यमा उपस्थित गराउनको लागि आफूहरु लागि परेको काङमाङले बताए ।

गत वर्ष मात्र काङमाङको “फियरलेस वरिवर” बेलायतको प्रकाशन हाउस ओलम्पियाबाट प्रकाशित भइसकेको छ । उक्त पुस्तक जेम्स टाइट ब्लाक बुक प्राइजको लागि पनि नोमिनसनमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री