कांग्रेसका वरिष्ठ नेता पौडेलसंग लन्डनमा अन्तरक्रिया हुंदै

कांग्रेस नेता पौडेल

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलको सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम आगामी १३ फेब्रुअरी 
सांझ रिगल स्पाइस रेष्टुरेन्ट, साउथ रइसलिपमा हुन लागेको हो । कार्यक्रममा कांग्रेस पार्टी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने समितिले जनाएको छ ।

नेता पौडेल यतिखेर नेपाली जनसम्पर्क समिति डेनमार्कको शनिबार हुने चौथो अधिवेशन उद्घाटन गर्न कोपनहेगनमा छन् । शुक्रबार लन्डन हुंदै डेनमार्क गएका पौडेल पुनः लन्डन आउने कार्यक्रम छ ।

यसैबीच, सोही दिन १३ फेब्रुअरी 
सांझ नेपालको संविधान २०७२ का पिता, पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रथम पूण्यतिथीको अवसरमा कोइरालाप्रति श्रद्धान्जलि व्यक्त 
गर्ने कार्यक्रम रहेको समितिका सभापति लोक गुरुङले जनाएका छन् । उनले कार्यक्रममा सबैलाई निमन्त्रणा समेत गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रिय कार्यालयले गत २६, माघ २०७३ मा कार्यक्रम गर्न एक परिपत्र जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री