ट्रम्पले जापानी प्रधानमन्त्रीलाई ह्वाइट हाउसमा गरे स्वागत

तस्विरः एपी

ह्वाइट हाउस, २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हार्दिक स्वागत गर्दै आपसी सम्वन्धलाई थप घनिष्ट बनाउने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार भएको वार्तापछि ट्रम्पले जापानको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्ध जनाउनुभयो ।

अमेरिका र जापानबीचको सम्वन्ध प्रशान्त क्षेत्रको शान्तिका लागि महत्वपूर्ण भएको ट्रम्पले बताउनुभएको थियो ।

भेटमा जापानका प्रधानमन्त्री आबेले उत्तर कोरियाबाट रहेको परमाणु खतरा दुवै देशका लागि उच्च प्राथमिकता भएको बताए ।

दुवै नेताले दुई देशबीचको व्यापार र आर्थिक सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

भेटबार्तापछि भएको संयुक्त सम्मेलनमा ट्रम्पले जापानलाई एउटा महत्वपूर्ण र दृढ सहयोगीका रुपमा दुइपक्षीय सम्बन्धलाई थप निकट बनाउन प्रतिबद्धता जनाउनुभएको थियो ।

सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेका वकिनावा टापूसहित जापानका अन्य क्षेत्रमा अमेरिकी सेनाले आफ्नो महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ । यस विषयमा पनि उहाँहरुकाबीचमा गम्भिर कुराकानी भएको बताइएको छ ।

हवाइट हाउसमा दुई नेता । तस्विरः एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री