काश्मिर भिडन्तमा विद्रोहीसहित आठको मृत्यु

फाइल तस्विर

श्रीनगर (भारत नियन्त्रित काश्मिर), १ फागुन । भारत नियन्त्रित काश्मिरमा आइतबार बिहान भएको गोली हानाहानमा चार जना शङकास्पद आतङ्कबादी लडाकू, दुई भारतीय सेना र दुईजना सर्वसाधारणको मृत्यु भएको छ ।

श्रीनगरको कुल्गाम जिल्लामा भएको घटनामा अन्य तीन सैनिक घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

घाइतेहरुमध्ये केहीलाई श्रीनगरमा रहेको सेनिक अस्पतालमा भर्ना गरिएको छ ।

“फ्रिसलमा भएको भिडन्तमा चार विद्रोही लडाकू मारिएका भारतीय सेनाका प्रवक्ता कोल राजेश कालिआले बताउनुभयो ।

आइतबार बिहानै गोली हानाहान र विस्फोटनको आवाज सुनिएको स्थानीय बासिन्दाले बताएका छन् ।

यस क्षेत्रमा पाकिस्तानी र भारतीय पक्षबीचमा सन् १९४७ देखि नै विवाद रहेपनि सन् १९८९ देखि बेलाबखत युद्ध हुने गरेको छ भने द्वन्द्वका कारण दशौं हजार मानिसले ज्यान गुमाइसकेका छन् । हिमाली क्षेत्र काश्मिरलाई भारत र पाकिस्तान दुवैले आफ्नो देशको भू–भाग भएको दाबी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री