भ्यालेन्टाइन नाइटमा ब्लु बर्डमा भेटिइन् बेलायतकी मोडल

लन्डन । बेलायतकी नेपाली मोडल अनिता लिम्बु होलिडे र व्यक्तिगत कामका सिलसिलामा यतिखेर नेपालमा छन् । तर, होलिडेको समय पनि उनले फेशन शो र अन्य गतिविधिमा संलग्न रहेर सदुपयोग गरिरहेकी छन् । यसै क्रममा उनी भ्यालेन्टाइन डेका अवसरमा नेपाल इन्सटिच्यूट अफ फेसनले ब्लु बर्ड मलमा आयोजना गरेको ‘भ्यालेन्टाइन नाइट’ मा शो स्टपरका रुपमा सहभागी भइन् । उक्त शोमा अनिताले उत्कृष्ट विक्रम खड्काको डिजाइनका पहिरन लगाएर क्याटवाक गरेकी थिइन् ।

यस अलवा गत माघ २२ मा उनले सिटी सेन्टरमा गरिएको काइरा फेशन शोमा पनि रनवे मोडलिङ गरिन् । उक्त शोमा अनिताले काइरा बुटिककी रोजिना श्रेष्ठको डिजाइनका पहिरन लगाएकी थिइन् । ‘बेलायतमा सिकेको अनुभव मातृभूमिमा पनि बांड्ने जमर्को गरेको हुं’, उनी भन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री