इराक विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ५९

बग्दाद विस्फोटको दर्दनाक दृश्य । तस्विरः सिन्हवा

बग्दाद (इराक), ६ फागुन । इराकमा बिहीबार भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको इराकी प्रहरीले शनिबार जनाएको छ ।

घटनामा ६६ जना इराकी नागरिक घाइते भएका छन् ।

इराकको दक्षिणमा रहेको अलवाया क्षेत्रमा ५५ जनाको मृत्यु भएको र ६० जना घाइते भएको प्रहरीले बिहीबार जनाएको थियो ।

घटनाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । शुक्रबार बिहान आईएसद्वारा एक विज्ञप्ति जारी गरी आफ्नो समूहमा आवद्ध लडाकूले रोकी राखेको कारमा विस्फोट गराएको र सो विस्फोट ‘फिफ्थ पोलिस डिस्ट्रक्ट’ र सियाहरुको जमघटलाई लक्षित गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री