म्यानमारको जंगलमा लागेको आगो चिनियाँ सिमानासम्म

कुनमिङ्, ९ फागुन । म्यानमारको जंगलमा लागेको आगो अधिकारीहरुले नियन्त्रणमा लिन सकेका छैनन् ।

म्यानमारको जंगलमा तीन दिन यतादेखि भीषण रुपमा आगालागी भएको छ । सो आगलागि चिनियाँ सिमाना युनान प्रान्तका कैयौं भागसम्म पुगेको बताइएको छ ।

म्यानमारको लुसी नगरको टापू गालिगोङ्बाट गएको शनिबारदेखि आगलागी सुरु भएको हो । त्यस क्षेत्रमा निकै बाक्लो बन रहेको छ ।

आगलागी जारी रहेको सो बन क्षेत्र समुद्री सतहबाट कम्तीमा पनि ३ हजार मीटर उचाईमा रहेको छ । उक्त बन क्षेत्रमा लागेको आगो निभाउनका लागि म्यानमार र चिनियाँ तर्फका अग्निनियन्त्रक खटाइएको छ ।

म्यानमारका अधिकारीहरुले दिएको जानकारीअनुसार सो आगो नियन्त्रणमा लिनका लागि १०० भन्दा बढी अग्निनियन्त्रकलाई खटाइएको छ ।

सो क्षेत्रमा अन्यत्रको तुलनामा बढी मात्रामा हावा बहने भएकोले आगो नियन्त्रणमा लिने कार्य जोखिमपूर्ण होला कि भन्ने त्रासमा अधिकारीहरु रहेको बताइएको छ ।

एकजना म्यानमाली अधिकारीले भने– हावाको गति मापन गरेर मात्र अग्निनियन्त्रकहरुलाई खटाइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री