बग्दाद पुगे अमेरिकी प्रतिरक्षा मन्त्री

बग्दाद, ९ फागुन । अमेरिकी प्रतिरक्षामन्त्री जेम्स म्याटिस सोमबार औपचारिक भ्रमणको क्रममा इराकको राजाधानी बग्दाद पुग्नु भएको राज्यद्वारा सञ्चालित टेलिभिजन च्यानलले जनाएको छ ।

म्याटिनको यो भ्रमण इराकको मोसुल सहरको पश्चिमी भागबाट इस्लामिक स्टेट आतङ्ककारी विरुद्ध इराक सुरक्षाबलले कारबाही जारी राखी उनीहरुलाई त्यहाँबाट हटाउने कोसिस भइरहेको अवस्थामा भएको छ ।

म्याटिनले इराकी प्रमुख अधिकारीहरु र सैनिक कमाण्डरसँग भेटवार्ता गरी द्वपक्षीय सम्बन्ध र मोसुल सहरमा आएएस समूह विरुद्ध गरिने आक्रमणको विषयमा कुराकानी हुने अनुमान गरिएको इराकिया समाचार च्यानलले बताएको छ । सो समाचार च्यानलले अरु विस्तृत विवरण भने दिएको छैन् ।

इराकमा यस अघिदेखि नै सयौं अमेरिकी सैनिकहरु रहेका छन् ती सैनिकहरुले आइएस आतङ्ककारी समूहविरुद्ध इराकी सैनिकलाई तालिम र सल्लाह दिने गरेका छन् ।

अमेरिकाआवद्ध अन्तर्राष्ट्रिय संयुक्त सैनिकले इराक र सिरियामा आइएसलक्षित हवाई आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री