हजारौं प्रदर्शनकारीको एउटै स्वर–ट्रम्प मेरो राष्ट्रपति होइन

डेनभर, कोलोराडोमा २० फेब्रुअरीमा आयोजित प्रदर्शनकारी । तस्विरः एएफपी

न्युयोर्क, १० माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन् ।

न्युयोर्कमा सोमबार भएको प्रदर्शनमा अमेरिकाका अन्य सहरका नागरिक पनि सहभागी भएका थिए । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको एक महिना भएकै दिन उनीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले गत जनवरी २० तारिखका दिन राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको थियो ।

“मेरो राष्ट्रपति दिवस होइन” शिर्षकको प्रदर्शनमा अहिले पनि उनका विरुद्धमा जनता छन् भन्ने देखाउन खोजिएको आयोजकले बताएका छन् ।

सत्तरी वर्षीय राष्ट्रपति ट्रम्पको एक महिनाको कार्यकाल अनेक विवाद र वहसकाबीचमा वितेको छ ।

एक महिना पुगेको उपलक्ष्यमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले “राष्ट्रपति दिवस खुशीयाली पूर्वक वितोस्, अमेरिकालाई फेरी राम्रो बनाउ” लेख्नुभएको छ ।

राष्ट्रपति दिवसकै दिन उहाँले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा लेफटिनेन्ट जनरल एचआर म्याकमास्टरलाई नियुक्त गर्नुभएको छ । यसअघि नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा उहाँले म्याकमास्टरलाई नियुक्त गर्नुभएको हो ।

ट्रम्पले एक महिना पुगेको दिन विहान ट्रम्प इन्टरनेश्नल गल्फ क्लवमा आयरल्याण्डका चर्चित गल्फ खेलाडी रोरी म्याकइल्रोयसँग गल्फ खेल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री