ग्रेटर रेडिङ नेपाली समाज नवौं महाधिवेशन तयारीमा

लन्डन । ग्रेटर रेडिङ नेपाली समाजको नवौं महाधिवेशन आगामी २५ मार्च, २०१७ मा हुने भएको छ । रेडिङस्थित रेड कार्पेट हलमा महाधिवेशन हुन लागेको हो ।

बिहान ११ बजे देखि हुने उक्त महाधिवेशनले समाजको नयां कार्यसमिति चयन गर्नेछ । नयां कार्यसमिति गठन प्रक्रियाका लागि निर्वाचन कमिटी गठन गरिएको संस्थाका महासचिव ओमकार अधिकारीद्वारा जारी सूचनामा जनाइएको छ ।

निर्वाचन कमिटीको संयोजकमा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार महेश गुरुङ र सदस्यहरुमा पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन बस्नेत, सल्लाहकार बेद लावती र राजेन्द्र श्रेष्ठ तथा पत्रकार दधिराज घिमिरे छन् ।

निर्वाचन समितिले सकेसम्म सहमतिमा नयां कार्यसमिति गठनका लागि पहल गर्ने र सर्वसम्मत हुन नसके संस्थाको विधान बमोजिम स्वतन्त्र निर्वाचन गराउने निर्वाचन समितिका संयोजक महेश गुरुङले जानकारी दिए ।
संस्थाका अध्यक्ष मानबहादुर गुरुङको दुई वर्षे कार्यकाल आगामी मार्चमा सकिंदैछ ।

सन् २००१ मा स्थापित यस संस्थाको नयां कार्यसमिति चयन 
प्रकियामा भाग लिन १५ मार्चसम्म सदस्यता लिइसकेको हुनु पर्नेछ । साधारण सदस्यता शुल्क ५ पाउण्ड छ भने आजीवन सदस्यता शुल्क ५१ पाउण्ड र श्रीमान श्रीमतिको हकमा १० पाउण्ड थप तिरेर आजीवन सदस्यता लिन सकिने प्रावधान रहेको समाजले जनाएको छ ।

संस्थाको नयां अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष कृष्ण न्यौपाने, उपाध्यक्षमा भिमसेन खड्का र सुशीला गुरुङको नाम चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री