जेनेभा वार्तामा आतङ्ककारी विरुद्धको लडाइ मुख्य प्राथमिकता

 

इराकी सुरक्षा बल र इस्लामिक स्टेट लडाकुबीचको लडाईंमा घाइते सर्वसाधारण । तस्विरः एपी

जेनेभा (स्वीट्जरल्याण्ड), १५ फागुन । सिरियाको विषयका जेनेभा भइरहेको वार्तामा सिरियाली सरकारी प्रतिनिधिमण्डलका वरिष्ठ कुटनितिज्ञले शनिबार आतङ्ककारी विरुद्धको लडाइँलाई उच्च प्राथमिता दिन आह्वान गरेका छन् ।

सिरियाको मध्यभागमा पर्ने प्रान्त होम्समा शनिबार भएको दुई वटा आत्मघाती आक्रमणमा परी एक दिनमा नै ४२ जनाको मृत्यु भएको घटनापछि यो आह्वान गरिएको बताइएको छ ।

जेनेभामा भइरहेको शान्ति वार्तालाई समेत असर पार्नेगरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले जनाएका थिए ।

आतङ्ककारी विरुद्धको लडाईलाई प्रमुख प्राथमिता दिइने सिरियाली सरकारका तर्फबाट जेनेभा आउनुभएका बसार अल जाफरी वार्ता टोली प्रमुख प्रतिनिधिले बताउनुभएको छ ।

दुई घण्टा आधासम्म भएको यस वार्ताका उक्त कुरालाई प्राथमिता दिइएको राष्ट्रसङ्घका सिरियाका लागि राजदूत स्टेफेन डे मिस्टुराले समाचारदातालाई बताउनुभएको छ ।

सिरियाको होम्स प्रान्तमा भएको आत्मघाती आतङ्ककारी आक्रमणको निन्दा गरी विज्ञप्ति प्रकाशन गर्न राष्ट्रसङ्घका सिरियाका लागि राजदूत स्टेफेन डे मिस्टुरालाई अनुरोध गरिएको वार्ता टोली प्रमुख प्रतिनिधि बसार अल जाफरीले बताउनुभएको छ ।

सिरिया द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्का पहलमा जेनेभा वार्ता १० महिनापछि बिहीबार पुनःसुरु भएको छ । सिरियामा जारी द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म करिब चार लाख सिरियालीको मृत्यु भइसककेको छ । झन्डै आधा जनसङ्ख्या विस्थापित गराएको सिरियामा छ वर्षदेखि जारी विनासकारी गृहयुद्धको अन्त्य गर्ने अन्तिम प्रयास हुनेमा विश्वास गरेको बताइएको छ ।

सन् २०१६ को सुरुदेखि यता भएको चौँथो प्रयास हो । पछिल्लो चरणमा सरकार र विद्रोहीलाई रसिया र टर्कीको पहलमा वार्तामा सहभागी बनाइएको काजकिस्तानको अस्तानामा भएको वार्ता जेनेभामा भेट्ने गरी सहमति गर्दै अन्त्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री