४० लाखको खानेपानी आपूर्ति बन्द

सान्तियागो नजिक बाढीले क्षतिग्रस्त सडकमा हिंड्दै मानिस । तस्विरः रोयटर्स

सान्टीयागो, १६ फागुन । आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टीयागोमा दिइँदै आएको खानेपानी आपूर्ति बन्द गरेका छन् ।

चालीस लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको हो ।

आँधीबेहरी र पहिरोको कारण चिलीमा चार व्यक्तिले ज्यान समेत गुमाइसकेका छन् । शनिबारबाट सुरु भएको अबिरल वर्षा र पहिरोका कारण माटो ढुङ्गासहितको पहिरो गएपछि माइपो नदी दूषित भएको थियो ।

यस नदीबाट सान्टीयागो सहरमा रहेको घेरै आवासीय भवनमा खानेपानी आपूर्ति गरिन्छ । सो नदी सफा नहुदाँसम्म करिब ४० लाख व्यक्तिको खानेपानी आपूर्ति रोक्नु परेको अधिकारीहरुले बताएका छन् ।

तर सो नदी कहिलेसम्म सफा हुने सो भने तय नभएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । मानिस आपतकालिन धाराबाट बोतल र जारमा खानेपानी जम्मा गर्न लागेका छन् ।

बिना पानी नचल्ने रेष्टुरेन्ट जस्ता व्यापार बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् भने सोमबारबाट सुरु हुने नयाँ शैक्षिक सत्र पनि अनिश्चित समयको लागि बन्द गरिएको छ । यस प्रकार खानेपानी आपूर्ति बन्द गरिनाले १४ लाख ५० हजार घरपरिवार प्रभावित भएका छन् ।

खानेपानी आपूर्तिको अभावका कारण सान्टीयागो जिल्लाको ३० वटा जिल्ला प्रभावित भएका सो क्षेत्रका गभर्नर क्लाउडिओ आर्रेगोले एक पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री