दुई महिलामाथि किम जोङ्गनामको हत्या गरेको आरोप

क्वालालम्पुर, १७ फागुन । उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाई किम् जोङ्ग नामको हत्याकाण्डमा दुईजना महिला आरोपित ठहर भएका मलेसियाली महान्यायाधिवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।

मानिसलाई बेहोस पार्ने कडा खालको रसायनिक पदार्थको प्रयोगबाट किम जोङ्ग नामको मलेसिया विमानस्थलमा हत्या भएको थियो ।

हत्याको लगत्तै दुई हप्तासम्म गरिएको विस्तृत अनुसन्धानको नतिजापछि एकजना इन्डोनेसियाली र एकजना भियतनामीसमेत दुइजना महिलाहरु माथि आरोप लगाइएको मलेसियाको महान्याधिवक्ताको कार्यालयले जनाएको छ ।

निज महिलाहरु माथि मलेसियाली फौजदारी ऐन (पेनाल कोड)को धारा ३०२ (हत्या) बमोजिम अदालतमा मुद्दा दायर गरिने मलेसियाली महान्याधिवक्ताको कार्यालयमा अधिकारीले बताए ।

अदालतद्वारा यस आरोप प्रमाणित भएको खण्डमा ती दुई महिलालाई फाँसी (झुन्ड्याएर मार्ने)को सजायँ हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री