म्यानमार–चीन सीमाक्षेत्रमा भएको झडपमा १६० को मृत्यु

नेपिड (म्यानमार), १७ फागुन । म्यानमारको उत्तरी राज्य शानमा सरकारी सुरक्षा फौज र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका समुहबीच भएको झडपमा गत तीन महिनाको अवधिमा १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनसँग सिमाना नजिकै सरकारी सैनिक र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका कैयौँ समुहबीच गत नोभेम्बरको अन्त्यदेखि जारी रहेको यस द्वन्द्वको कारण झन्डै २० लाख स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

हिंसाबाट मृत्यु हुनेमध्ये ७४ सैनिक, १५ प्रहरी, १३ सैनिक तालिम पाएका सरकार समर्थक लडाकू र १३ जना आमनाागरिक रहेका ती अधिकारीले जानकारी दिएका छन् ।

जनरल म्या तुन ओओ संवाददातालाई भन्नुभयो, “हामीसँग ४५ जना सत्रुको शव छ र अरु चार जनालाई नियन्त्रणमा लिइएको छ ।”

उहाँले सामुहिक दाहासंस्कारको फोटो हेर्दा सयभन्दा बढी विद्रोहीहरु मारिएको हुन सक्ने बताउनुभयो ।

दोस्रो चरणको शान्तिवार्ता भइरहेका बेला म्यानमार सरकारको तर्फबाट यस्तो तथ्याङ्क आएको हो । सिमा क्षेत्रमा भइरहेको दशक लामो द्वन्द्व अत्य गर्ने उद्देश्यले अहिले शान्ति बार्ता भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री