श्रीलङ्कालाई सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्य पुरस्कार

कोलोम्बो, २० फागुन । श्रीलङकाले सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार जित्न सफल भएको छ ।
दक्षिणी चीनको गुआन्न्झोउ अन्तर्राष्ट्रिय यात्रा मेला (जिआइटिएफ) मा श्रीलङ्का सर्वाधिक लोकप्रिय गन्तव्यको रुपमा पुरस्कृत भएको श्रीलङ्काली विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको हो ।
मेलामा सहभागी देशमध्ये श्रीलङ्काको लोकप्रियता बढ्दै गएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०१४ मा श्रीलङकाका लागि सबै भन्दा धेरै पर्यटकको श्रोत चीन नै भएको थियो ।
यस पटकको पर्यटन मेलामा श्रीलङकाका १९ ओटा ट्राभल्स एण्ड टुर एजेन्सीहरु सहभागी भएका थिए । मेलामा श्रीलङकाको मौलिक नृत्यले धेरैको ध्यान खिचेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री