सोमालियामा हैजाको प्रकोपबाट ११० को मृत्यु

मोगादिसु (सोमालिया), २१ फागुन । सोमालियाको दक्षिणी क्षेत्रमा लामो खडेरीपछि हैजाको प्रकोपका कारण विगत दुई दिनमा ११० जनाको मृत्यु भएको र कैयौँ गम्भीर बिरामी परेका केन्याका प्रधानमन्त्री हसन अलि खाइरेले शनिबार बताउनुभएको छ ।

प्रधानमन्त्री खैरेका अनुसार मुलुकको क्षेत्रमा खडेरीपछि ठूलो सङ्ख्यामा हैजा र अन्य रोगका असर देखिएको जनाउँदै सरकारले यस्ता प्रकोप नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी कार्यक्रम ल्याउने भन्दै केन्याली जनतालाई आश्वस्त तुल्याउनुभएको छ ।

सोमालियाको दक्षिणपूर्वी क्षेत्रलाई प्रतिनिधित्व गरी कृषिमन्त्री समेत बन्नुभएका मोहमद हसन फिकीले शनिबारै हैजाको प्रकोप आफूहरुको नियन्त्रण क्षमता बाहिर रहेको बताउँदै राष्ट्रिय सरकार र अन्तराष्ट्रिय समुदायसँग मानवीय सहयोगको याचना गर्नुभएको छ ।

क्षेत्रको गुफगड्डुड अवडिनले र वेरडेल इलाकामा हैजाले स्थानीयलाई नराम्री सताएको र यस रोगका कारण लगातार सर्वसाधारणको मृत्यु भएको खबर प्राप्त भइरहेको बताउनुभयो । उहाँले शनिबारसम्म ११० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाउँदै रोग नियन्त्रणमा सहयोग नभएमा सो सङ्ख्यामा निकै वृद्धि हुने देखिएको बताउनुभयो । रोग नियन्त्रणका लागि स्थानीय स्वास्थ्य केन्द्र तथा प्रशासनको केही नलाग्ने देएिको फिकीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री