एन्टा युकेले तेस्राे माउन्ट एभरेष्ट अाेपन तेक्वान्दाेमा युकेबाट खेलाडी पठाउने

लण्डन । इन्टरन्याशनल नेपलिज तेक्वान्दाे एसाेसिएसन (एन्टा) यूकेले अागामी सेप्टेम्बर २४ देखि २६ सम्म काठमाडाैँमा हुने तेस्राे माउन्ट एभरेष्ट अाेपन इन्टरन्याशनल तेक्वान्दाे प्रतियाेगितमा भाग लिने भएकाे छ ।

एसाेसिएसनको यही शनिबार अल्डरसटस्थित भेटघाट गोर्खा रेस्टुरेन्टमा सम्पन्न बैठकले साे निर्णय गरेकाे हाे ।

अध्यक्ष ग्राण्डमास्टर डाक्टर एन्जे गुरुङकाे अध्यक्षता  र उपाध्यक्ष मास्टर थान लिम्बुले स्वागत गर्नुभएकाे साे बैठकमा महासचिव मास्टर ह्यारी गुरुङले सँस्थाको प्रगति विवरण र आगामी कार्यक्रमहरु तयारी के कसरी गर्ने र सफल पार्ने भन्ने बारे प्रश्ताव पेश गरेका थिए । कोषाध्यक्ष चन्द्र कुमार सुनारले सँस्थाको वार्षिक आयव्याय प्रस्तुत गरेका थिए ।

बैठकले प्रतियोगितामा बेलायतबाट खेलाडीहरुकाे सहभागिता जनाउने र अार्थिक सहयोग पनि गर्ने निर्णय गरेकाे महासचिव गुरुङले जानकारी दिए । साे प्रतियोगिता नेपालकै हालसम्मकाे सबैभन्दा ठूलो अन्तर रास्ट्रिय प्रतियोगिता भएकाे र त्यसलाई विश्व तेक्वान्दो महासंघ र एसियन तेक्वान्दो सँघले स्वीकृति प्रदान गरिसकेकाे जनाइएकाे छ ।  प्रतियाेगितामा रास्ट्रिय तथा अन्तर्रास्ट्रिय पदक विजेता खेलाडीहरुकाे मुख्य सहभागिता रहने छ ।

सन् २०११ मा शुरु भएकाे साे प्रतियोगिता २०१४ देखि नेपाल तेक्वान्दो सँघ र अन्तर्रास्ट्रिय नेप्लिज तेक्वान्दो संघको सहकार्यबाट आयोजना गरिंदै आएकाे छ । गएका दुई प्रतियोगितामा १० देशका करिब २०० खेलाडीले विभिन्न तौल समूहमा भाग लिएका थिए । यसपटक अझै बढी देशहरुबाट र रोचक प्रतियोगिता आयोजना गर्ने आयोजककाे दाबी छ ।

अन्तर्रास्ट्रिय नेप्लिज तेक्वान्दो सँघ बेलायत (एन्टा यूके) काे स्थापना सन् २०१२ मा भएको हो । बेलायतमा रहेका सबै नेपाली तेक्वान्दो क्लवहरु र खेलाडीहरुलाई एकै ठाउँमा ल्याई नेपाली खेलाडीहरुको साथै नेपालको तेक्वान्दो विकाश गर्ने यस सँस्थाको उद्येश्य छ । एन्टा यूकेले स्थापनाकालदेखि बेलायतबाट खेल्ने वा नेपालबाट अन्तर्रास्ट्रिय प्रतियोगिताहरुमा खेल्ने नेपाली खेलाडीहरुलाई आर्थिक सहयोग तथा सम्मान गर्दै आइरहेको छ । यस वर्ष हुने प्रतियोगितामा  बेलायतबाट पहिलो पटक खेलाडीहरु र अफिसियल जाने निर्णय भएको छ।

त्यसको तयारी गर्नको लागि सँस्थाका अध्यक्ष डा.ग्रान्डमास्टर एन्जे गुरुङ सातौं डान, मास्टर जयन्त थापा पाँचौं डान र मास्टर ईस्ट गुरुङ चौथो डानको तीन सदस्सीय कमिटीलाई जिम्मा दिईएको छ । त्यस्तै आर्थिक व्यवस्थापन र प्रचार प्रसार विभागतर्फ महासचिव मास्टर ह्यारी गुरुङको प्रमुख संयोजकमा विभिन्न क्षेत्रमा क्षेत्रिय संयोजक पनि तोकिएको छ । साउथ ईस्ट लण्डनतर्फ मास्टर ह्यारी गुरुङ र नेपाल रास्ट्रिय कराँते प्रशिक्षक जीवन सेन, वेस्ट नर्थ लण्डनतर्फ डा.ग्रान्डमास्टर एन्जे गुरुङ र मास्टर जयन्त थापा, साउथ वेल्स तर्फ मास्टर भीम महेन्द्र गुरुङ र चन्द्र कुमार सुनार, अल्डरसटतर्फ मास्टर थान लिम्बु, गिल्डफोर्ड वोकिंगतर्फ मास्टर नवराज घले र मास्टर बुद्धि गुरुङ र आस्फोर्डतर्फ मास्टर ईस्ट गुरुङलाई जिम्मेवारी तोकिएको छ ।

एन्टा यूकेले वर्षेनी क्षेत्रिय तेक्वान्दो सेमिनारहरु पनि गर्दै आईरहेको छ । गत वर्ष झैँ यस वर्ष फेरि पनि ग्रिष्मकालिन सेमिनार जुलाईको दोश्रो हप्ता आसफोर्डमा गर्न “वे तेक्वान्दो क्लव” लाई जिम्मा दिएको छ र हालसम्म एन्टा यूकेमा नौ वटा क्लव आबद्ध भएका छन् भने लगभग बेलायतका बिभिन्न क्षेत्रमा ३०० जनाभन्दा बढी प्रशिक्षार्थीहरुले ट्रेनिंग गरिरहेका छन् ।

बैठकमा नयाँ आगन्तुक गुरुहरु मास्टर पूर्ण गुरुङ पाँचौं डान, मास्टर प्रदिप गुरुङ चौथो डान र तेजेन्द्र गुरुङ तेश्रो डानलाई खादाबाट स्वागत गरिएको थियो। उक्त बैठकमा उपस्थित भई सदस्यता लिन चाहने इच्छुक आठ जना सिनियर गुरुजीलाई अर्को कार्यक्रममा स्वागतसहित सम्मान गर्ने बैठकले पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री