इराकी सुरक्षा बल पश्चिमी मोसुलको सरकारी भवनतर्फ

इराकी सुरक्षा बल इस्लामिक स्टेट लडाकु विरुद्ध रकेट प्रहार गर्दै मोसुलमा । तस्विरः एपी

मोसुल (इराक), २३ फागुन । इराकको मोसुल सहरको पश्चिमी भाग जिहादी समूहबाट पुनः नियन्त्रणमा लिने क्रममा सोमबार इराकी सुरक्षा बल सरकारी भवनतर्फ बढेका छन् ।

इराकको मोसुल सहरको पश्चिमी भाग पुनः नियन्त्रणमा लिने कारबाही सुरु भएको दोस्रो दिन सुरक्षाबल सरकारी भवनतर्फ बढेका अधिकारीले जानकारी दिएका छन् ।

मोसुल सहरको पश्चिमी भाग नियन्त्रण लिने कारबाही इराकी सुरक्षाबलले गत फेब्रुअरी १९ बाट नै सुरु गरेका थिए । तर खराब मौसमको कारण स्थगित भएको यो कार्य गत आइतबारबाट सुरु भएको थियो ।

यस इलाका अझै पनि इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहको हातमा छ ।

पश्चिमी मोसुल सहर सरकारी सुरक्षाबलद्वारा पुनः नियन्त्रणको क्रममा ४५ हजारभन्दा बढी सर्वसाधारणलाई त्यहाँबाट विस्थापित गरिएको बसाइँसराइसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री