इयू देशमा ३५ प्रतिशत महिला व्यवस्थापक पदमा

ब्रसेल्स, २४ फागनु । युरोपियन युनियनमा आबद्ध देशका व्यवस्थापकीय पदमध्ये ३५ प्रतिशतमा महिला रहेका एक अध्ययनले देखाएको छ ।

युरोपियन युनियनको तथ्याङ्कसम्वन्धि कार्यालय युरोस्टाटले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।

लाटभियामा सबैभन्दा धेरै अर्थात् ५३ प्रतिशत महिला व्यवस्थापकीय पदमा रहेका छन् । त्यसपछि बुल्गेरिया र पोल्याण्डमा ४४ प्रतिशत व्यवस्थापकीय पदमा महिला रहेका छन् ।

तर जर्मनी, इटली र साइप्रसमा एक चौथाईभन्दा कम अर्थात् २२ प्रतिशत मात्रै महिला व्यवस्थापक रहेका छन् ।

युरोपियन युनियनका सबै सदस्य राष्ट्रमा श्रीमतीले भन्दा श्रीमान्ले नै धैरै कमाउने गरेका छन् ।

व्यवस्थापकीय भूिमकामा रहेका महिला र पुरुषको सङ्ख्याको अन्तर भएका देशमध्ये सबै भन्दा थोरै अन्तर रहेको रोमानिया रहेको छ भने सबै भन्दा धेरै अन्तर रहेको देशमा हङगेरी रहेको छ ।

प्रतिवेदनका अनुसार रोमानियमा पाँच प्रतिशत र हङ्गेरीमा ३३.७ प्रतिशत अन्तर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री