बुधबार, कार्तिक ६ २०७६ | Wed, October 23, 2019
नेपालको समय: ०५:४३ | UK Time: 00:58

फिलिपिन्स संसदबाट मृत्युदण्डसम्बन्धी विधेयक पास

विनेपाली
२०७३ फागुन २४ गते २२:१९

मनिला (फिलिपिन्स), २४ फागुन । फिलिपिन्सको प्रतिनिधिसभाले मृत्युदण्ड दिने प्रावधानलाई पुनः स्थापित गर्ने विधेयकलाई स्वीकृति प्रदान गरेको छ ।

फिलिपिन्सले झुण्ड्याएर, घातक सुई वा लागुऔषध कारोबारमा संलग्न अभियुक्तलाई गोली हानी हत्या गर्नसक्ने गरी यहाँको संसदबाट स्वीकृति प्रदान गरेको हो ।

फिलिपिन्सको प्रभावशाली रोमन क्याथोलिक चर्चको विरोधका बाबजुद उक्त कानुनलाई पास गरिएको छ ।

फिलिपिन्सको प्रतिनिधिसभाको २१६ संसदले प्रस्तावित मृत्युदण्डलाई स्थापित गर्ने कानुनी प्रावधानको पक्षमा मतदान गरेको बताइएको छ भने ५४ मत विपक्षमा अर्थात् मृत्युदण्डलाई पुनःजीवित गर्न हुन्न भन्ने पक्षमा परेका छन् । एक सदस्य उक्त बैठकमा अनुपस्थित भएका छन् ।

यससँगै फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेको खासगरी लागुऔषध कारोबार अपराधमा संलग्नलाई मृत्युदण्ड दिने बाचा पूरा हुने देखिएको छ ।

प्रतिनिधिसभाबाट स्वीकृति प्राप्त यस विधेयक फिलिपिनी सिनेटबाट पास भई राष्ट्रपतिबाट हस्ताक्षर भएपछि कानुनको रुप प्राप्त गर्नेछ ।

फिलिपिन्सका पूर्वराष्ट्रपति ग्लोरिया माकापागाल अरोयोले सन् २००६ मा मृत्युदण्ड सम्बन्धी प्रावधानलाई हटाउनुभएको थियो । वर्तमान उपसभामुखले भने मृत्युदण्डको प्रावधानविरुद्ध उभिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक