अल्डरसट घट्नामा नेपाली महिला पक्राउ

लन्डन । हयाम्पसायर प्रहरीले अल्डरसटस्थित भिक्टोरिया रोडको घरमा शुक्रबार सांझ एकजना वृद्ध मरेपछि एक नेपाली महिलालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ गरि हिरासतमा राखिएकी महिला ५० वर्षीया सुकमाया तामाङ रहेको स्थानीयले जनाएका छन् ।

साढे ५ बजे प्रहरी पुग्दा ति वृद्ध बेहोस अवस्थामा पाइएको तर पछि एम्बुलेन्स कर्मचारीले उनलाई मृत घोषणा गरेको जनाउंदै प्रहरीले अनुसन्धान थालिएको जनाएको छ । उनको मृत्युको कारण खुल्न नसकेको र त्यसबारे छानबीन शुरु भएको प्रहरी वेबसाइटमा उल्लेख छ ।

मृत्यु भएका व्यक्ति ताप्लेजुङका ७५ वर्षीय मानबहादुर लिम्बु भएको जनाइएको छ । यसअघि स्थानीयले मृत्यु हुने व्यक्ति युवक भएको बताएका थिए । ति वृद्धको विधवा तामाङसंग सन् २०१२ देखि निकट सम्वन्ध रहेको 
बताइन्छ ।

यसअघि प्रकाशित समाचारमा स्थानीय श्रोतका कारण दिवंगत व्यक्तिबारेको तथ्य केही फरक पर्न गएकामा हामी क्षमा चाहन्छौं – सम्पादक

प्रतिक्रिया

सम्बन्धित सामाग्री