ओबामाले फ्रान्समा एक महिना विताउने

ओबामा

पापिटे (फ्रान्स), ३ चैत । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार फ्रान्स पुग्नुभएको स्थानीय टेलिभिजनले जनाएका छन् ।

स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उहाँले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने तयारी गर्नु भएको छ ।

उहाँ आफ्नो परिवार विना नै पर्यटकिय टापु तहीतीमा उत्रिनुभएको थियो । ओबामा वातावरण मैत्री ब्राण्डो रिसोर्टमा बस्नुभएको छ । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३०० युरो रहेको छ ।

यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताउनुभएको छ । उहाँले किन यस्तो एक महिने योजना बनाउनुभयो भन्ने स्पष्ट हुनसकेको छैन । साथै उहाँको परिवारका सदस्यहरु पछि उहाँसँगै आउने छन् की छैनन् भन्ने पनि यकिन भएको छैन ।

फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १०० भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री