लन्डन आइपुगे उद्योगमन्त्री जोशी

लन्डन । उद्योगमन्त्री नवीन्द्रराज जोशी शनिबार बिहान लन्डन आइपुगेका छन् ।

सिटी अफ लन्डनका लर्ड मेयर डा. एन्ड्रियू पार्मलीको निमन्त्रणामा उनी बेलायत आएका हुन् । लर्ड मेयर पार्मली जनवरी अन्तिम साता नेपालको चार दिने भ्रमण गएका बेला जोशीलाई बेलायत भ्रमणको निम्तो दिएका थिए ।

मन्त्री जोशी आगामी २२ मार्च बुधबार म्यान्सन हाउसमा आयोजना हुने नेपालमा हाइड्रो लगानी सम्भाव्यता सम्वन्धि अन्तरक्रिया कार्यक्रममा विशेष वक्ता हुनेछन् । उक्त कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिस र डिएफआइडी मन्त्री रोरी स्टेवार्ट समेत वक्ताका रुपमा छन् ।

बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको द्विशतवार्षिकी समापन समारोह अन्तर्गत लन्डन दूतावासमा आयोजना हुने व्यापार तथा लगानी सम्वन्धि अन्तरक्रिया, 
राजकुमार हयारी सहभागी हुने २० मार्चको समापन समारोह, नेपाली जनसम्पर्क समिति बेलायत र एनआरएनए यूकेको कार्यक्रममा समेत मन्त्री जोशीको सहभागिता रहनेछ । उनले बेलायती राजनीतिज्ञ र उद्योगी व्यवसायीलाई समेत भेट्ने कार्यक्रम छ ।

मन्त्री जोशी २४ मार्चमा नेपाल फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री