गोरखा सैनिकका सबै सन्तानलाई बेलायतको भिसा दिन माग गरिएको मुद्दामा बिहीबार सुनुवाई हुँदै

तस्वीर गोरखा जस्टिस क्याम्पेन

लण्डन । गोरखा भूतपूर्व सैनिकका सबै छोराछोरीलाई बेरोकटोक बेलायतको आवासीय भिसा दिन माग गर्दै दाबी गरिएको मुद्दामा विहीबार सुनुवाई हुँदैछ ।
बेलायतको रोयल कोर्ट अफ जस्टिसमा हुने सो मुद्दामा गोरखा भूतपूर्व सैनिकका छोराछोरीलाई १८ वर्ष वा ३० वर्षको मापदण्डका आधारमा नभई पारिवारिक जीन्दगीका आधारमा बेलायतको भिसा दिइनुपर्ने मागदावी गरिएको छ ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले मुद्दाको सुनुवाईका क्रममा उपस्थित हुन सबै गोरखाहरुलाई अनुरोध गरेको छ । गेसोका महासचिव दशरथ राईले एक सूचना जारी गर्दै ऐक्यवद्धताका लागि अदालतमा उपस्थित हुन आग्रह गरेका छन् ।
एक पूर्व गोरखा निवेदक रहेको सो मुद्दा गोरखाहरुको बारेमा लामो समयदेखि मुद्दामा लड्दै आएको हो एण्ड कोका ब्यारिष्टरहरुले बहस गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री