नयां शक्ति बेलायतमा नयां अनुहार

लन्डन । नयाँ शक्ति पार्टी नेपालको बेलायतस्थित भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको अध्यक्षमा धन गुरुङ निर्वाचित भएका छन् ।

आइतवार अल्डरसटमा सम्पन्न समाजको पहिलो अधिवेशनले गुरुङलाई सर्वसम्मत नयां अध्यक्ष चयन गरेको हो । अधिवेशनवाट उपाध्यक्षहरुमा जगन कार्की, थम बिक, सुमित्रा राई, हेम गुरुङ र डा. दिलिप यादव निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा रेशम थापा, सचिवमा पुष्प उप्रेती र रुद्र श्रेष्ठ चयन भएको समाजले जनाएको छ ।

त्यसैगरि, कार्यसमितिको कोषाध्यक्षमा दिपक गुरुङ, सह-कोषाध्यक्षमा राजु कंडेल र प्रवक्तामा वीरेन्द्र श्रेष्ठ चुनिएका छन् । नयाँ कार्यसमितिको सदस्यहरुमा सुरोज मास्के, कृष्ण गैरे, पाण्डव महतो, शिवहरि तिमल्सिना, क्रान्ति मास्के, तारबिन पोखरेल, सकुन्तला गुरुङ, कुमार घले, लक्ष्मी भण्डारी, गनबहादुर गुरुङ, रुद्र ढकाल र हर्क सेवा चयन भएका छन् ।

नयां कार्यसमितिको कार्यकाल ३ वर्ष हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री