बेलायत नेपाल कुटनीतिक संयन्त्रको बैठक बस्दै

लाउरा क्लार्क

लन्डन । नेपालमा आगामी मंगलबारदेखि हुन लागेको बेलायत नेपाल कुटनीतिक संयन्त्रको समिक्षा बैठकमा भाग लिन बेलायती विदेश मन्त्रालय (एफसीओ) को साउथ एसिया प्रमुख लाउरा क्लार्क नेपाल प्रस्थान गरेकी छन् ।

बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ समापन भए लगत्तै संयन्त्र समितिको दोश्रो बैठक हुन लागेको हो । यसअघि उक्त बैठक लन्डनमा भएको थियो ।

‘दुई देशबीच भएका सम्झौता कार्यान्वयन गराउन जोड दिने र भए गरेका कामको समिक्षा गर्न समितिको नियमित बैठक हुन लागेको हो’, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जानकारी दिए ।

बैठकमा दुई देशबीच भएका सम्झौता कार्यान्वयन भए भएनन् ? पाइप लाइनमा रहेका सम्झौता कार्यान्वयनका लागि के कस्तो नयां रणनीति बनाउने लगायत आपसी हितका सवालमा छलफल हुने अपेक्षा छ । भूपू गोर्खा मुद्दाबारे समेत छलफल हुने बताइएको छ ।

बेलायत नेपाल सम्वन्ध थप उचाईंमा पुगेको कतिपय विश्लेषकहरुको ठम्याइ छ । गत साता लन्डनस्थित नेपाली दूतावासमा बेलायती राजकुमार हयारीले दुई देशबीचको सुमधुर सम्वन्ध अरु कयौं शताब्दीसम्म रहिरहने विश्वास व्यक्त गरेका थिए । बेलायतले भूकम्पपछि नेपालको पुनर्निर्माणमा विशेष प्राथमिकता दिंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री