‘बेलायत बाहिरिनु युरोपेली सङ्घका लागि नराम्रो’

स्लोभानिया, १६ चैत । स्लोभानियाका विदेशमन्त्री कार्ल इर्जाभेकले युरोपेली सङ्घबाट बेलायत बाहिरिँदा बेलायत र सङ्घ दुवैलाई राम्रो नहुने बताउनुभएको छ ।

युरोपेली सङ्घबाट बाहिरिनका लागि बेलायतले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन पत्र दिएपछि उहाँले दुःख व्यक्त गर्नुभएको हो ।

उहाँले बेलायत र सङ्घको आगामी दिनको सम्बन्धका बारेमा स्लोभानियाका लागि बेलायती राजदुत सोफी होनीसँग आफूले विचार आदानप्रदान गर्न लागेको बताउनुभएको छ ।

विदेशमन्त्री इर्जाभेकले बेलायत र स्लोभानियाको सहकार्यमा यस्ले कुनै असर नपाउने विश्वास व्यक्त गर्नुभएको स्लोभानियाको सरकारी समाचार संस्था स्लोभानियन प्रेस एजेन्सी (एसटिए)ले जनाएको छ ।

युरोपेली सङ्घका लागि बेलायती राजदूतले सङ्घबाट बाहिरिनका लागि बेलायतका तर्फबाट युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन बुधबार पत्र दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री