पाकिस्तान विस्पोटमा २२ को मृत्यु, ७० भन्दा बढी घाइते

इश्लामावाद (पाकिस्तान), १८ चैत । उत्तरपश्चिम पाकिस्तानको आदिवासी बसोबार्से क्षेत्र पराचिनरमा शुक्रबार विहान भएको विस्पोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

स्थानीय शिया मश्जिद नजीकैको ब्यस्त बजारमा भएको घटनामा महिला तथा बालबालिका समेत गरी २२ जनाको मृत्यु भएको र ७० जनाभन्दा बढी घाइते भएका राष्ट्रिय सभा सदस्य सजिद तुरीले बताउनुभयो ।

परिचिनरको कुराम एजेन्सी नजीकै कोनूर मार्केटमा अतिव्यस्त समयमा गराइएको विस्पोटमा कैयौं शिया मुसलमान धर्मावलम्वी परेका बताइएको छ । उक्त स्थान पाकिस्तान र अफगानिस्तानको सीमाक्षेत्रको पाकिस्तानी भूमी हो ।

प्रत्यक्षदर्शीले एकजना आक्रमणकारीले विस्पोटक पदार्थ राखिएको कारलाई मश्जिदको गेट नजीकै पार्क गरी भागेको बताएका छन् । सो समयमा अर्धसैनिक दस्ताले मश्जिद जाने यात्रुहरूलाई सुरक्षा जाँच गरिरहेका थिए । कार पार्क गरेको केही छिनमै ठूलो आवाजका साथ विस्पोट भएको थियो ।

विस्पोटका कारण करिव १५ पसलमासमेत क्षति पुगेको थियो ।

घटनास्थलमा घाइते सवैजनालाई उक्त एजेन्सीको अस्पतालमा भर्ना गरिएकोमा सख्त घाइते केहीजनालाई हेलीकोप्टरमार्फत् खाइवरपाकथुङ्ख्वा प्रान्तमा उपचारका लागि लगिएको छ ।

घटनास्थलमा सेनाले सहयोगका लागि हेलीकप्टरलाई तुरुन्तै पुरयाएको पाकिस्तानी सेनाको सञ्चार एकाईले बताएको छ ।

घटनाको समाचार तयार पार्दासम्म कुनै समूहले जिम्मा लिएको छैन ।

यसैवीच पाकिस्तानी प्रधानमन्त्री नवाफ सरीफले घटनाको कडाशब्दमा निन्दा गर्दै पाकिस्तानबाट आतङ्कवादलाई पूर्णतया नियन्त्रणमा ल्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री