इराकमा मार्च महिनामा ५४३ सर्वसाधारणको मृत्यु – राष्ट्रसङ्घ

बग्दाद (इराक), १९ चैत । इराकमा मार्च महिनाभरि भएका आतङ्कवादी आक्रमण, सेना तथा विद्रोही समूहसँग भएका झडपमा गत महिना अर्थात् मार्चमा ५४३ जना इराकी सर्वसाधारणको मृत्यु भएको र ५६१ जना घाइते भएका संयुक्त राष्ट्रसङ्घ सहयोग निकायले शनिबार जनाएको छ ।

राष्ट्रसङ्घको उक्त शाखाद्वारा शनिबार जारी गरेको विज्ञप्तिमा उक्त मृतक तथा घाइतेको सङ्ख्यामा सुरक्षाकर्मीतर्फको तथ्याङ्क समावेश गरिएको छैन । इराकी सेनाले सेनातर्फको क्षतिबारे सूचना नदिएकाले सेनातर्फ के कतिको मृत्यु भयो र कति घाइते भए भन्ने तथ्याङ्क उपलब्ध हुन नसकेको उक्त संस्थाले जनाएको छ ।

मारिएका प्रायः सबैजना पश्चिमी मोसुलमा सेनाको आतङ्कवाद विरोधी अभियानमा परेका उक्त संस्थाको दाबी छ ।

राष्ट्रसङ्घअन्तर्गतको उक्त संस्थाले इराक द्वन्द्वका कारण सन् २०१६मा छ हजार ८७८ सर्वसाधारणको मृत्यु भएको र १२ हजार ३८८ जना घाइते भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री