मस्कोमा प्रतिपक्षी प्रदर्शनमा दर्जनौँ गिरफतार

एपी

मस्को (रसिया), २० चैत । रसियाली प्रहरीद्वारा प्रदर्शनमा सहभागी दर्जनौँ प्रदर्शनकारीलाई आइतबार प्रहरी नियन्त्रणमा लिएको छ ।

मस्कोमा भ्रष्टाचारविरुद्धको अभियानस्वरुप प्रतिपक्षीले गरेको प्रदर्शनमा प्रतिपक्षी नेता तथा रसियाली राष्ट्रपतिका कट्टर आलोचक अलेक्सी नाभाल्नीसहित सयौँ मानिसलाई पक्राउ गरेको एक हप्तापछि फेरी २९ जना भ्रष्टाचारविरोधी अभियानमा संलग्न प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनकारीको पक्रउबारे मस्को प्रहरीको सञ्चार एकाईले पुष्टि गरेको छ ।

मस्कोमा शान्तिपूर्ण प्रदर्शनका लागि तयारी अवस्थामा रहेका करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको एएफपीका मस्कोस्थित संवाददाताले बताएका छन् ।

पक्राउपर्नेमा चार जना बालबालिकासमेत रहेका ‘ओमिडी इन्फो’ नामक एक पक्राउ बन्दीबारे अनुगमन गर्ने संस्थाको वेबसाइटमा जनाइएको छ ।

पुटिनका आलोचक तथा भ्रष्टाचार अभियानका नेता नाभाल्नीसहित करिब ५०० प्रदर्शनकारीलाई मस्को प्रहरीले एक हप्ताअघिको प्रदर्शनका क्रममा पक्राउ गरी प्रहरी हिरासतमा राखेको प्रहरीले जनाएको छ भने उक्त दिन झन्डै एक हजार प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको ओभिडी इन्फोले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री