दीर्घकालीन लगानीमा सेयरले दिने प्रतिफल 

आचार्य

स्टक मार्केटमा सेयरको मूल्यबारे सधैं मिडियामा चर्चा भइरहन्छ । के कस्तो अबस्थामा लगानी गरे उच्च प्रतिफल पाउन सकिन्छ भन्ने तर्फ सबै लगानीकर्ताको ध्यान केन्द्रित हुनु स्वाभाविक हो । लगानी गर्नु अघि स्टक मार्केट, सेयर बजार, हेज फन्ड आदिबारे अध्ययन गर्न भने नितान्त आबश्यक हुन्छ ।

आफूले परिश्रम गरि कमाएको पैसा बैंकमा नगदको रुपमा राख्नु भन्दा उपयुक्त हेज फन्ड छानेर लामो समयाबधिको लागि लगानी गर्नु बान्छनीय हुन्छ । हेज फन्डको अर्थ लगानी गर्ने कम्पनीहरु हुन्, जसले अधिकतम प्रतिफल प्राप्तिको लागि धेरै रणनीति अख्तियार गर्छन् । यस्ता हेज फन्डहरुसंग अर्बौ पाउन्ड पुंजी हुनुको साथै लगानीको धेरै अनुभब हुन्छ ।

एकै फन्डमा सबै लगानी गर्नु भन्दा धेरै फन्डहरुमा लगानी बढाए जोखिम कम हुने कुरा सर्बबिदित नै छ । यहि कुरालाई ध्यानमा राखी फन्डहरुले व्यक्तिगत लगानीकर्ताको पैसालाई बिभिन्न सेयर, बोन्ड तथा अरु सम्पत्तिमा राखी जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण कार्य गर्छन् । त्यसैले उपयुक्त लगानीको लागि फन्डको छनोट गर्नु सबैभन्दा महत्वपूर्ण गृहकार्य हुन्छ ।

सन् २०१६ मा लन्डन स्टक मार्केटको ठुला कम्पनीको (फुट्सी १००) औसत लाभांस करिब ३ दशमलब ७ प्रतिशत रहेको छ । धेरै सेयर र स्टक मार्केटका फन्डहरु मध्यम देखि लामो समयाबधिको लगानीकर्ताहरुलाई पुँजीगतको मुल्य बढाउनुको साथै प्रतिफल दिने लक्ष्य राखेका हुन्छन् । तर, सेयर बजारमा तीन गुणा हुने आम्दानीको जोखिमबाट डराएर या थाह नपाएर धेरै बचतकर्ताहरुले १ प्रतिशत भन्दा पनि कम प्रतिफल आउने बैंकको खातामा आफ्नो पैसा राखेका छन् । उतारचढावको डरको साथै सेयरको मूल्य घट्न सक्ने यथार्थ छंदैछ ।

आफ्नो वित्तीय योजनामा मध्यम देखि लामो समयको लगानीलाई ध्यान दिए उपयुक्त हुने कुरा बुझ्नु जरुरी हुन्छ । उदाहरणको लागि उतारचढाव या सेयरको दाम बिना संकेत तलमाथि हुने कुरा लगानीकर्ताहरुले छोटो समयमा जोखिम लिएर पाउने असफलता जस्तो होइन । स्टक मार्केटको सूचांक तलमाथि हुँदामा बिना अस्थायी परिदृश्य आंकलन गरि सेयर बेच्नेले भन्दा राखिरहनेले सेयर मार्केट स्थिर पश्चात सेयरको दाम पुनः ठिक भएपछि नोक्सान नहुने पाइएको छ ।

बिना सोचविचार गरि छोटो समयको उतारचढावको प्रतिक्रियाको खतरा नाटकीयरुपमा जब बेलायत युरोपियन युनियन छोड्ने जनमत संग्रहको परिणामको लगत्तै देखिएको थियो । लन्डन स्टक मार्केटको ठुला सय कम्पनीको सेयर सूचांक एकदमै तल झरे पनि पाउन्ड स्टर्लिंगको भाउ कमजोर भएपछि जसले निर्यातमा बधाई अरु प्रतिस्पर्धी हुने भएको र बेलायत बाहिर यी कम्पनीले आर्जन गरेको सम्पत्तिको मूल्य बढी हुनाले स्टक मार्केट निकै नै बढ्ने क्रम जारि रह्यो । कमजोर पाउन्डको विनिमय दरको कारणले लन्डनको स्टक मार्केटको ठूला सय कम्पनीको सेयर सूचांक ७००० अंक भन्दा बढी हुने क्रम जारी छ ।

जसले ब्रेक्जिट भोटको बेलाको वरिपरी गरेको लगानी बर्षको शुरुवातको भन्दा राम्रो भएको छ । जसले छोटो समयको बिचार गरि आत्तिएर आफ्नो सेयर बेचेका थिए, उनीहरुले धेरै नोक्सान बोहोर्नु परेको छ ।

मिडियामा चर्चा भइरहने सेयर मूल्य र स्टक मार्केटको पुँजीगत मूल्य प्राय लन्डनको फुट्सी १०० ठूला कम्पनी या एस & पी ५०० अमेरिकाको बढी हुन्छ । तर, सेयर लगानीले दिने  खासमा आम्दानीको महत्वपूर्ण पाटोलाई बेवास्ता गर्नु हुदैन । उदारहणको लागि लामो समयको अबधिमा हेर्ने हो भने सेयरबाट कमाउने लाभांस (डिभिडेन्ट) मुद्रास्फीति भन्दा बढी नै हुन्छ ।

बार्कलेज बैंकले बार्षिक आम्दानी सम्बन्धि गत सय बर्ष अबधि भित्र गरेको व्यापक अध्ययनमा बैंक मौज्दात, गिल्ट (सुन) र सेयरको प्रतिफलबारे रोचक तथ्य पाइएको छ । बार्कलेजको एक्युटि गिल्ट अध्ययनले सन् १८९९ मा १०० पाउन्ड लगानी लन्डन स्टक मार्केटको सेयरमा गरिएकोमा मुद्रास्फीतिलाई जोड्ने र लाभांस खर्च गरिएको आधारमा जम्मा यसको मूल्य सय बर्षमा  १७७ पाउन्ड मात्र हुने पाइएको छ । तर, लाभांसलाइ पुन: लगानी गरेमा सेयरको खास मूल्य २८,२३२ पाउन्ड हुने यस तथ्यांकले देखाएको छ । अर्को अर्थमा बार्कलेज बैंकले खास बार्षिक प्रतिफल लाभांस पुन लगानी गर्दामा ५ प्रतिशतको हिसाब गरेको छ । तर, दसको एकगुणा अर्थात जिरो दशमलब ५ प्रतिशतमात्र सेयर बढेको दामले मात्र आएको छ ।

यस व्यापक अध्ययनले लगानीकर्ताहरुलाई आफ्नो लगानीको अत्यधिक प्रतिफल पाउनको लागि दीर्घकालीन लगानीको अवधारणा राख्नुपर्ने बताएको छ । छोटो समयमा हुने स्टक मार्केटको गिरावट या अस्थिरतालाई उति ध्यान दिन जरुरी नभएको पनि यसबाट बुझिन्छ । उदारहणको लागि सन् १८९९ देखिको नै तथ्यांक हेर्दा दुई बर्षको लगातार सेयरको लगानीले ६८ प्रतिशत नगद या गिल्टबाट हुने प्रतिफललाई जित्छ ।

भूतकालमा भएको कुरा भविष्यको पथप्रदर्शक नभएपनि यसले बर्तमान लगानीको तरिकाहरु बुझ्न सहयोग गर्छ । बिभिन्न फन्डहरुमा लगानी गरि दीर्घकालीन योजनामा सेयर मार्केटमा लगानी गर्दामा प्रतिफल बढ्ने कुरालाई भने ध्यान दिनु जरुरी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री