पर्वत वेलफेयर सोसाइटी यूकेले नयां वर्ष मनाउने


लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले यही शनिबार नयां वर्ष कार्यक्रम गर्ने तयारी गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा सांझ ६ बजे कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा नयां वर्ष शुभकामना आदानप्रदान र सांस्कृतिक प्रस्तुति हुने सोसाइटीका अध्यक्ष दधी आचार्यले जनाए । चर्चित गायक याम क्षेत्री कार्यक्रमको विशेष आकर्षण रहनेछन् । साथमा स्थानीय कलाकारहरुको दोहोरी समेत हुने आयोजकले बताएका छन् ।

कार्यक्रममा पर्वत जिल्लाबारे बनाइएको वृत्तचित्र प्रदर्शन, लाइभ कन्सर्ट, राफल ड्र, खाना तथा अन्य मनोरन्जनात्मक ‘सेग्मेन्ट’ रहने अध्यक्ष आचार्यले जानकारी दिए । सोसाइटीले उक्त कार्यक्रममा सहभागिताका लागि बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री