बेलायती संसदमा मधेश मुद्दा

लन्डन । मधेश मुद्दा बेलायती संसद हाउस अफ कमन्समा पुगेको छ । बेलायती सांसद एन् क्लाउडीले संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्ने भन्दै बिहीबार ब्रिटिस संसदमा प्रस्ताव दर्ता गराएकी हुन् । उनले गत फागुन २३ गते सप्तरीमा प्रहरीको गोलीले पांचजना मारिनु र अन्य थुप्रै घाइते हुनुले तराई मधेसमा अहिलेकै अवस्थामा चुनाव गर्ने परिस्थिति नभएको भन्दै पहिले संविधान संशोधनबाट राजनीतिक निकास दिइनुपर्ने, त्यसपछि चुनावमा जान नेपाल सरकारलाई आग्रह गर्नुपर्ने प्रस्ताव गरेको समाचार इकान्तिपुरमा छ ।

लेबर पार्टीकी सांसद क्लाउडी वेल्सको साइनन् क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्छिन् ।

स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभए तराई क्षेत्रमा अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइरहने उनको प्रस्तावमा छ । तराई क्षेत्रमा सुरक्षाकर्मीबाट मानव अधिकार हनन जस्ता क्रियाकलापका कारण ब्रिटिस संसद चिन्तित भएको जिकिर पनि उनले गरेकी छन् ।

क्लाउडीले प्रस्तावमा राजनीतिक असन्तुष्टिहरुको समाधान खोज्न र नेपाल सरकारलाई हिंसाका घटनाहरुको छानबिन गर्न पनि आग्रह गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री