पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा प्रभाव – ट्रम्प

घट्नापछि प्रहरी अधिकृतहरुले सुरक्षा जांच तीव्र पारेका छन् । तस्विरः एपी

वासिङटन (अमेरिका), ८ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिसमा भएको घातक आक्रमणको फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पर्ने शुक्रबार बताउनुभएको छ । आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ ।

‘पेरिसमा भएको अर्को आतङ्कवादी हमलाका कारण फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पार्नेछ’, अमेरिकी राष्ट्रपतिले फ्रान्सको आइतबार हुने निर्वाचनका विषयमा रहेको अमेरिकी मौनतालाई भङ्ग गर्दै ट्वीट गर्नुभएको छ ।

ट्रम्पको ट्वीट पेरिसमा एक बन्दुकधारी आक्रमणकारीले एक प्रहरीको मृत्यु भएपछिको केही घण्टापछि आएको छ ।

फ्रान्सको राष्ट्रपतिका लागि आइतबार हुने पहिलो चरणको निर्वाचनको सिलसिलामा रक्तपातपूर्ण घटना हुनसक्ने भनी सतर्कता अपनाइरहेका बेला आईएसद्वारा आक्रमण भएको छ । सन् २०१५ पछि पटकपटक जिहादी अतिवादी समूहले फ्रान्सका विभिन्न ठाउँलाई लक्षित गरी आक्रमण गराएका छन् । पछिल्ला दुई वर्षको अन्तरमा २३० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

आक्रमणपछि फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धामा रहेका चार नेतामध्ये तीन जना ले पेन, इमान्युयल म्याक्रोन, फ्रास्वाँ फिलनले शुक्रबारका लागि तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री